default_image

2 years ago

January 1, 2023

दीपेन्द्रको संयमित अर्धशतक, सूर्यको कसिलो बलिङ

175 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्रसिंह ऐरीको संयमित अर्धशतकमा लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्सविरुद्ध १ सय २३ रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २२ रन बनायो । लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरी ४२ बलमा ६ चौकासहित सर्वाधिक ५० रनमा अविजित रहे । खराब ब्याटिङ गर्नेक्रममा लुम्बिनीका ६ खेलाडीले दोहारो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीले अन्तिम ओभरमा तीन चौकासहित कुल १७ रन जोडेको थियो । त्यहिँ १७ रन जोडेपछि दीपेन्द्रले अर्धशतक पूरा गरेका थिए । १९ औं ओभर सकिँदा दीपेन्द्रले ३६ बलमा ३३ रन मात्रै बनाए थिए । तीव्र गतिका बलर नन्दन यादवले दोस्रो ओभरको दोस्रो बलमा हरम्रीसिंहलाई दुई रनमा हुसेन तालतबाट क्याच आउट गराए ।

यसै ओभरको पाँचौं बलमा लाहिरु मिलान्था एक रनमा विकेटकिपर अर्जुन साउदबाट क्याच आउट हुन पुगेका थिए । कुशल भुर्तेल १३ बलमा २ चौकासहित १३ रनमै आउट भए । राज नन्ननको आठौं ओभरको पहिलो बलमा प्रमुख ब्याटर ह्यारी टेक्टर १३ रनमा अर्जुन साउदबाट क्याच आउट भए ।

सूर्य तामाङले योगेन्द्रसिंह कार्कीलाई दुई र साड्ली भान स्केलक्किकलाई ८ रनमा आउट गरेपछि लुम्बिनी ६०–६ को दयनीय अवस्थामा पुगेको थियो । अनिल शाह १२ बलमा १३ र गुलशन झा ५ रनमा आउट भए ।

विराटनगरका तीव्र गतिका बलर नन्दन यादवले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । बायाँ हाते स्पिनर सूर्य तामाङले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । विवेक यादवले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिए । केओन जोशेफ र राज नन्ननले एक एक विकेट लिए ।

January 9, 2025

आर्मी र बागमतीले फेरी बराबरीमा रोकिए

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले जय ट्रफी मेन्स एलिट कप फेरी पनि बराबरी खेलेका छन् । बिहीवार बागमतीको ब्याटिङ जारी रहँदा अन्तिम दिनको खेल समाप्ती भएसँगै खेल बराबरीमा सकिएको हो । आर्मीले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको बागमतीले ८० रनमा पाँच विकेट गुमाएको अवस्थामा दिनको समाप्ती भएसँगै […]

January 9, 2025

कुशलको अलराउण्ड प्रदर्शनमा पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनको सहयोगमा विभागीय टोली नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कपमा पहिलो जित हासिल गरेको छ । बिहीवार सम्पन्न खेलमा पुलिसले मधेश प्रदेशमाथि एक इनिङ्स ३५ रनको जित हात पारेको हो । विरगंजमा सम्पन्न प्रतियोगिताको तेस्रो खेलमा पहिलो इनिङमा पुलिसले १ सय २९ रनको अग्रता लिएको थियो । […]

January 8, 2025

पिएसएल ड्राफ्टमा ६ नेपाली खेलाडी

काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा नेपालका ६ खेलाडी परेका छन् । पाकिस्तान सुपर लिगले बुधवार जारी गरेको सिल्भर समूहको सुचीमा नेपालका ६ खेलाडी समावेश गरिएका हुन् । ड्राफ्टमा परेका नेपाली खेलाडीमा आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी छन् । पिएसएलको खेलाडी ड्राफ्टबाट छनोट […]

Success

Thank you for your time.