2 years ago
January 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले नेपाल टि२० लिगमा विराटनगर किंग्सको नेतृत्व गर्ने भएका छन् । विराटनगर सुपर किंग्सले नियमित कप्तान आन्द्रे म्याकार्थीलाई बेन्चमा राख्दै लुम्बिनी अल स्टार्सविरुद्ध आज रोहितलाई कप्तानी दिएको छ ।
टियु क्रिकेट मैदानमा भएको टसमा लुम्बिनी अल स्टार्सले जितेर पहिला ब्याटिङ गरि रहेको छ । रोहित यसअघि टोलीका उपकप्तान थिए । त्यस्तै अर्जुन साउद पनि टोलीमा फर्किएका छन् । अर्जुन जनकपुरविरुद्ध खेलमा बेन्चमा बसेका थिए । स्पिनर साहब आलमलाई बेन्चमा राख्दै अर्जुनलाई मौका दिएको छ ।
आन्द्रे म्याकार्थीको स्थानमा केओन आन्द्रे जोशेफलाई खेलाएको छ । कप्तान आन्द्रे म्याकार्थीको प्रदर्शन राम्रो छैन । म्याकार्थीले ५ खेलमा ४७ रन मात्रै बनाएका छन् । विराटनगर ५ खेलमा ३ मा हार र २ मा जितसहित चौथो स्थानमा छ । विराटनगरलाई शीर्ष चारमा रहँदै प्लेअफ खेल्न बाँकी खेलमा जित्नु पर्ने दबाब छ ।
यता लुम्बिनीको टोलीमा दुई परिवर्तन गरेको छ । अनिलकुमार शाह र लाहिरु मिलान्था दुबै टोलीमा फर्किएका छन् । प्याट ब्राउन र सुनिल धमलालाई बेन्चमा राखेको छ । मिलान्था पोखराविरुद्ध चोटका कारण थिएनन् । अनिल भने हजुरबुबाको निधनको कारण घर जानु परेको थियो ।
दुवै विकेटकिपर नभएपछि पोखराविरुद्ध कुशल भुर्तेलले ओपनिङ गरेका थिए । लुम्बिनी ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ शीर्षस्थानमा छ ।
विराटनगरको प्लेइङ ११ : रोहित कुमार पौडेल (कप्तान), नन्दन यादव, अर्जुन साउद, सूर्य तामाङ, प्रदीप ऐरी, पृथु बास्कोटा, विवेक कुमार यादव, सन्जिव कुमारस्वामी, केओन आन्द्रे जोशेफ, हुसेन तालत र गौरांशु शर्मा ।
लुम्बिनीको प्लेइङ ११ : दीपेन्द्रसिंह ऐरी (कप्तान), योगेन्द्रसिंह कार्की, कुशल भुर्तेल, लाहिरु मिलान्था, गुलशन झा, तिलकराज भण्डारी, किशोर महतो, अनिलकुमार शाह, शड्ली भान सेक्किक, ह्यारी टेक्टर र हरम्रीत सिंह ।
January 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको पहिलो खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिचमा हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार कैलालीको फाप्ला क्रिकेट मैदानमा माघ १ गते सुरु हुने पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका जारी गरेको हो । माघ १२ गतेसम्म चल्ने प्रतियोगितामा ९ टोलीको सहभागिता रहनेछ […]
January 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर साहब आलमले कीर्तिमानी बलिङ गरे पनि त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएको छ । जय ट्रफी मेन्स एलिट कपको सोमवार सकिएको विभागीय डर्बी बराबरीमा सकिएको हो । १ सय ७२ रनको लक्ष्य पछ्याएको पुलिसले ५ विकेट गुमाएर ८८ रन जोडेको थियो । पुलिसका लागि अमित श्रेष्ठले […]
January 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको आफ्नो पहिलो खेलमा मयन यादवको शतकका बाबजुद मधेश प्रदेशले बागमती प्रदेशसँग बराबरी खेलेको छ । जनकपुरमा सोमवार सकिएको मधेश र बागमतीबिचको खेल बराबरीमा टुंगिएको हो । १ सय ६४ रनको लक्ष्य पछ्याएको बागमतीले दोस्रो तथा अन्तिम दिनको खेल सकिदा ६ विकेट गुमाएर ९७ रन मात्र जोडेपछि […]