default_image

2 years ago

January 1, 2023

ज्ञानेन्द्र फेरि डक आउट

246 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान तथा काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्ल नेपाल टि२० लिगमा फेरि डक आउट भएका छन् । जनकपुर रोयल्सविरुद्ध ज्ञानेन्द्र मल्ल डक आउट भएका हुन् ।

टियु क्रिकेट मैदानमा भएको टस हारेर नाइट्सले पहिला ब्याटिङ गरि रहेको छ । तीव्र गतिका बलर जितेन्द्र मुखियाको चौथो ओभरको दोस्रो बलमा ज्ञानेन्द्र विकेटकिपर चाडविक वाल्टनबाट क्याच आउट भएका थिए ।

ज्ञानेन्द्रले ३ बल खेल्दा खाता खोल्न सकेनन् । ज्ञानेन्द्र नेपाल टि२० लिगमा पाँच मध्य तीन खेलमा डक आउट भएका हुन् । ज्ञानेन्द्रले पाँच खेलमा मात्रै १४ रन बनाएका छन् ।

ज्ञानेन्द्र यसअघि पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टार्ससँग पनि शून्यमै अल आउट भएका थिए । फार वेस्टविरुद्ध ९ बलमा १ छक्कासहित १३ रन र जनकपुर रोयल्ससँग एक जोडेका थिए । काठमाडौंले ६ ओभरमा ३ विकेट गुमाउँदै ४० रन बनाएको छ ।

क्रिजमा सुनाम गौतम र लोकेश बम छन् । इंग्लिस ब्याटर एलेक्स ब्लेक २० रनमा आउट भए । जितेन्द्र मुखियाले विरनदीप सिंहलाई ९ रनमा बोल्ड गरेका थिए । काठमाडौं ४ खेलमा ४ खेलमा २ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ ।

लुम्बिनी ६ खेलमा ५ मा जित र १ मा हारसहित शीर्षस्थानमा छ । जनकपुर रोयल्स ५ खेलमा ४ बलमा जित र १ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.