default_image

2 years ago

December 31, 2022

प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता विजेताले पाँच लाख पाउने

92 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इटहरीमा यसै महिना अन्तिमदेखि सुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० प्रतियोगिता विजेताले पाँच लाख पाउने भएका छन् । नेपाल क्रिकेट संघका अनुसार प्रतियोगिता विजेताले पाँच लाख र उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

नेपालका ७ प्रदेश र विभागीय टोली नेपाल एपिएफ क्लब गरि कुल ८ टोलीबीच प्रतियोगिता हुनेछ । प्रतियोगितामा ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहमा शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

प्रतियोगिता पुष २९ देखि प्रदेश एकको इटहरीमा रहेको जनता क्रिकेट पार्कमा हुनेछ । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याटर र बलरले समान २० हजार पाउनेछन् । प्रतियोगिता प्रत्येक प्लेयर अफ द म्याचले तीन हजार प्राप्त गर्नेछन् ।

नेपाल पुलिस क्लबले भने प्रधानमन्त्री कप खेल्न नपाउने भएको छ । पहिला नै यस प्रतियोगिता बजेट आएको र तीन महिना अघि पुलिसले जानकारी नदिएपछि खेल्न नपाउने भएको हो । पुलिसले गत असोजमा घरेलु क्रिकेटमा डेब्यू गर्दै नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेको थियो ।

पुलिसले नेपाली घरेलु क्रिकेटमा एपिएफको एकछत्र राज तोडेको थियो । २०२० को प्रधानमन्त्री कपमा प्रदेश नम्बर एकले एपिएफलाई हराउँदै उपाधि जितेको थियो । अन्य प्रतियोगितामा भने एपिएफले उपाधि जित्दै आएको छ ।

यो पनि : पुलिसले महिला प्रधानमन्त्री कप खेल्न नपाउने

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.