default_image

2 years ago

December 28, 2022

कुशलको आक्रामक ब्याटिङमा पोखराको मध्यम योगफल

130 views

0 Bookmark

एजेन्सी – कुशल मल्लको आक्रामक ब्याटिङमा पोखरा एभेन्जर्सले नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्सलाई १ सय ४० रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित १९ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३९ रन बनायो ।

खेल निर्धारित समय भन्दा केहि ढिलो सुरु हुँदा एक ओभर घटेको छ । पहिलो खेल लुम्बिनी अल स्टार्स र फार वेस्टबीचको खेल सुपर ओभरमा पुगेको थियो । पोखराका कुशल मल्लले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३८ रन बनाए ।

कुशलले यसअघिको खेलमा लुम्बिनी अल स्टार्ससँग ३१ बलमा ५ चौका र ५ छक्कासहित ६१ रन बनाएका थिए । कुशल तीव्र गतिका बलर हुसेन तालतको बलमा बोल्ड आउट भए ।

ओपनर सुमित महर्जन ९ बलमा २ चौकासहित १२ रनमा आउट भए । आसिफ शेख १२ बलमा १० रन बनाउँदै पेभेलिएन फर्के । कप्तान उपुल थरंगा २८ बलमा २ चौकासहित १९ रनमा आउट भए । यस खेलमा शरद भेषावकरको स्थानमा थरंगाले कप्तानी गरेका छन् ।

सिद्धान्त लोहनी १९ बलमा ३ छक्कासहित २६ रनमा बोल्ड भए । प्रतिश जि.सीले ४ बलमा १ छक्कासहित ११, आरिफ शेख ३, शरद भेषावकर ९ र अभिमन्यु मिथुनले एक रन बनाए । विराटनगरका हुसेन तालत र राज रोक्कीले दुई दुई विकेट लिए । नन्दन यादव, आन्द्रे म्याकार्थी र साहब आलमले एक एक विकेट लिए ।

January 6, 2025

पिएम कप महिला क्रिकेट – उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको पहिलो खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिचमा हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार कैलालीको फाप्ला क्रिकेट मैदानमा माघ १ गते सुरु हुने पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका जारी गरेको हो । माघ १२ गतेसम्म चल्ने प्रतियोगितामा ९ टोलीको सहभागिता रहनेछ […]

January 6, 2025

साहबको कीर्तिमानी बलिङका बाबजुद बराबरीमा रोकियो आर्मी

काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर साहब आलमले कीर्तिमानी बलिङ गरे पनि त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएको छ । जय ट्रफी मेन्स एलिट कपको सोमवार सकिएको विभागीय डर्बी बराबरीमा सकिएको हो । १ सय ७२ रनको लक्ष्य पछ्याएको पुलिसले ५ विकेट गुमाएर ८८ रन जोडेको थियो । पुलिसका लागि अमित श्रेष्ठले […]

January 6, 2025

मयनको शतक बाबजुद मधेश बराबरीमा रोकियो

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको आफ्नो पहिलो खेलमा मयन यादवको शतकका बाबजुद मधेश प्रदेशले बागमती प्रदेशसँग बराबरी खेलेको छ । जनकपुरमा सोमवार सकिएको मधेश र बागमतीबिचको खेल बराबरीमा टुंगिएको हो । १ सय ६४ रनको लक्ष्य पछ्याएको बागमतीले दोस्रो तथा अन्तिम दिनको खेल सकिदा ६ विकेट गुमाएर ९७ रन मात्र जोडेपछि […]

Success

Thank you for your time.