default_image

2 years ago

December 27, 2022

बागमती हङकङसँग पराजित

223 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश महिला क्रिकेट टोली हङकङ क्रिकेट क्लबसँग पहिलो टि२० अभ्यास खेलमा ५७ रनले पराजित भएको छ । योसँगै दुई टि२० अभ्यास खेलमा हङकङले १–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ११ रन बनायो । बागमतीको लागि खुशी डंगोल र विन्दा कटवालले १८–१८ रन बनाए । खुशीले १२ बलमा ३ चौका र विन्दाले १९ बलमा २ चौका हानिन् ।

ओपनर अस्मिता खरेल २२ बलमा २ चौकासहित १५, कन्चन श्रेष्ठ ७, सलिना सिलवाल १५, अस्मिना कर्माचार्य डक, हेलिसा गुरुङ १७ र कृष्मा गुरुङले दुई रन बनाइन् । हङकङकी इम्मा लाइले सर्वाधिक दुई विकेट लिइन् ।

त्यसअघि तल्लोमुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनायो । हङकङकी लेमन चिउङले ३१ बलमा ६ चौकासहित सर्वाधिक ४० रन बनाइन् । बेट्टी चानले २१ बलमा ४ चौकासहित ३३ रन जोडिन् ।

केरी चानले २१ बलमा २ चौका र १ छक्कासहित २६ र इम्मा लाईले १५ रन बनाइन् । बागमतीको लागि कृष्मा गुरुङ र सोनी पाख्रिनले दुई दुई विकेट लिए । अश्मिना कर्माचार्य र खुशी डंगोलले एक एक विकेट लिए ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला खेलेको हो ।

श्रृंखलामा नवौं राष्ट्रिय खेलकुदमा सहभागी बागमती प्रदेशको महिला टोली र हङकङ क्रिकेटको महिला टिमबीच ४० ओभरको दुबै खेल बागमतीले जितेको थियो । अन्तिम टि२० अभ्यास खेल बिहीबार हुनेछ ।

बागमती प्रदेशको महिला टिमले नवौं राष्ट्रिय खेलकुदमा कांस्य पदक जितेको थियो । पुष २९ देखि प्रदेश एकमा हुने महिला प्रधानमन्त्री राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशको लागि एउटा राम्रो अभ्यासको आधार समेत हो ।

December 20, 2024

नेपाललाई हराउँदै बंगलादेश फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी महिला यू१९ एसिया कप अन्तर्गत सुपर ४ को अन्तिम खेलमा नेपाललाई ९ विकेटले हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको छ । मलेसियाको बायुमस ओभलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो । खेलमा जित हासिल गर्ने टोली फाइनल प्रवेश गर्ने समीकरण रहेको थियो । भारतले भने यस खेल अगावै उपाधि भिडन्तमा […]

December 20, 2024

नेपालद्वारा बंगलादेशलाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी महिला यू१९ एसिया कप अन्तर्गत सुपर ४ को अन्तिम खेलमा नेपालले बंगलादेशलाई ५५ रनको मध्यम लक्ष्य दिएको छ । मलेसियाको बायुमस ओभलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो । टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन जोड्यो । नेपालका लागि ओपनर […]

December 20, 2024

यू१९ एसिया कप: बंगलादेशले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा वर्षा रोकिएपछि ११ ओभरको खेल हुने भएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा बंगलादेशले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ । नेपालले पहिलो ब्याटिङ गर्नेछ । नेपाली समय अनुसार बिहान ११ः१५ मा हुनु पर्ने टस वर्षाका कारण हुन सकेको थिएन । झन्डै २ […]

Success

Thank you for your time.