2 years ago
December 27, 2022
एजेन्सी – न्युजिल्यान्डले पहिलो टेस्ट खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध गतिलो जवाफ फर्खाएको छ । दोस्रो दिनको खेल सकिँदा न्युजिल्यान्डले पहिलो इनिङमा ४७ ओरमा कुनै विकेट नगुमाई १ सय ६५ रन बनाएको छ ।
न्युजिल्यान्डका ओपनर टम लाथम १ सय २६ बलमा ८ चौकासहित ७८ रनमा क्रिजमा छन् । डेभन कन्वे १ सय ५६ बलमा १२ चौकासहित ८२ रनमा अविजित छन् । समग्रमा न्युजिल्यान्ड अझै २ सय ७३ रनले पछि छ ।
त्यसअघि कराँचीमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तान पहिलो इनिङमा ४ सय ३८ रनमा अल आउट भयो । पाकिस्तानका कप्तान बाबर आजम २ सय ८० बलमा १५ चौका र १ छक्कासहित सर्वाधिक १ सय ६१ रनमा आउट भए ।
दोस्रो दिन बाबर आजमले मात्रै तीन बल खेलेका थिए । बाबरको यो टेस्ट करिअरको नवौं शतक हो । अघा सलमानले १ सय ५५ बलमा १७ चौकासहित १ सय ३ रनको शतकीय इनिङ खेले । उनको टेस्ट करिअरको पहिलो शतक हो ।
२०१९ पछि पहिलो पटक टेस्ट क्रिकेटमा पूनरागमन गरेका पूर्वकप्तान तथा विकेटकिपर शरफराज अहमद १ सय ५३ बलमा ९ चौकासहित ८६ रनमा आउट भए ।
पाँचौं विकेटका लागि बाबर आजम र शरफराज अहमदले १ सय ९६ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।
पहिलो दिन अन्तिम समयमा स्पिनर अजाज पटेलको बलमा शरफराज डर्याल मिचेलबाट क्याच आउट भएका थिए । साउद सकिल २२ र इमाम उल हक २४ रनमा आउट भए । न्युजिल्यान्डका टिम साउथीले सर्वाधिक तीन विकेट लिए । अजाज पटेल, ईश सोधी र माइकल ब्रेसवेलले दुई दुई विकेट लिए ।
January 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछाने पनि पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा परेका छन् । पाकिस्तान सुपर लिगले शुक्रवार जारी गरेको डायमण्ड क्याटगोरीमा सन्दीपलाई पनि समावेश गरेको हो । सन्दीपले २०१८/१९ को सिजन लाहोर कलन्दर्सबाट पिएसएल खेलिसकेका छन् । यसअघि गत बुधवार जारी सिल्भर क्याटगोरीको सुचीमा नेपालका ६ खेलाडी […]
January 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा अर्को साताबाट सुरु हुने आइसिसी यु १९ महिला विश्व कपका लागि नेपाली युवा टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार पूजा महतोको कप्तानीमा रहेको टोलीको बिदाइ गरेको हो । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा क्यानका पदाधिकारीले टोलीको बिदाइ गरे । क्यानले शनिवार पूजाको कप्तानीमा १५ सदस्यीय […]
January 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी युएईमा आयोजना हुने अन्तर्राष्ट्रिय टि ट्वान्टी लिग(आईएल टि ट्वान्टी) मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । कुशल र दीपेन्द्र शुक्रवार बिहान १० बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । आईएल टि ट्वान्टीमा कुशल डेजर्ट भाईपर्समा अनुबन्ध हुँदा दीपेन्द्रलाई भने गल्फ जायन्ट्सले अनुबन्ध […]