default_image

2 years ago

December 27, 2022

लुम्बिनीमा दुईविदेशी सहित तीन खेलाडी परिवर्तन

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा आफ्नो तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध दुई विदेशी खेलाडीसहित तीन खेलाडी परिवर्तन गरेको छ ।

टियु क्रिकेट मैदानमा भएको टसमा लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । लुम्बिनीले आजको खेलमा टोलीमा तीन परिवर्तन गरेको छ ।

लुम्बिनीले तीव्र गतिका बलर विपुल शर्मा, प्याट ब्राउन र योगेन्द्रसिंक कार्कीलाई बेन्चमा राखेको छ । शड्ली भान सेक्किक, हरम्रीत सिंह र तिलकराज भण्डारीलाई खेलाएको छ । पोखराले अलराउन्डर विपिन खत्रीलाई मौका दिँदा मौसम ढकाललाई बेन्चमा राखेको छ ।

लुम्बिनी लगातार तेस्रो जितको सोचमा हुनेछ । लुम्बिनीले पहिलो खेलमा फार वेस्ट युनाइटेडलाई ६७ रन र दोस्रो खेलमा विराटनगर सुपर किंग्सलाई तीन रनले हराएको थियो । पोखरा पहिलो जितको सोचमा हुनेछ । पोखरा काठमाडौं नाइट्ससँग २६ रन र जनकपुर रोयल्ससँग पाँच विकेटले पराजित भएको थियो ।

पोखराको प्लेइङ ११ : आसिफ शेख, शरद भेषावकर, कुशल मल्ल, प्रतिश जि.सी, आरिफ शेख, विपिन खत्री, सिद्धान्त लोहनी, उपुल थरंगा, जाहिर खान, आमिर हम्जा र अभिमन्यु मिथुन ।

लुम्बिनीको प्लेइङ ११ : दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, गुलशन झा, सागर ढकाल, किशोर महतो, तिलक भण्डारी, शड्ली भान सेक्किक, उन्मुक्त चन्द र हरम्रीत सिंह ।

February 6, 2025

स्टोइनिसकाे ओडिआई क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले ओडिआई क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय स्टोइनिसले टि ट्वान्टी भन्ने खेल्ने छन् । टि ट्वान्टीमा ध्यान केन्द्रित गर्न ओडिआईबाट सन्यास लिएको बताएका छन् । उनले ७१ ओडिआई खेलमा २६.६९ को औसतमा १ हजार ४ सय ९५ रन बनाएका छन् । उनले ओडिआई क्रिकेटमा ४८ विकेट […]

February 6, 2025

अर्जुन ट्रफी – सलाउद्दिनको ५ विकेटमा दशरथको जित

काठमाडौं(हाम्रो खेलकुद) – सलाउद्दिन खानको ५ विकेट सहयोगमा दशरथ चन्द क्रिकेट एकेडेमीले धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा जित हासिल गरेको छ । बिहीवारको पहिलो खेलमा दशरथले क्रिकेट एक्सिलेन्स सेन्टर(सिइसी) काठमाडौंलाई १६ रनले पराजित गरेको छ । दशरथले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सिइसी १९.४ ओभरमा १ सय ४४ रनमा समेटियो । […]

February 6, 2025

नेदरल्याण्ड्सविरुद्ध थाईल्याण्डको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डले नेदरल्याण्ड्सविरुद्ध टि ट्वान्टी आई सिरिजको खेलमा मध्यम योगफल तयार गरेको छ । नेदरल्याण्ड्सको सिरिजको अन्तिम खेलमा थाइल्याण्डले १ सय १० रनको लक्ष्य दिएको हो । थाइल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रनको मध्यम योगफल तयार गर्यो । थाइल्याण्डका लागि नान्नाफाट चैहान नट आउट रहँदै सर्वाधिक ३६ रन […]

Success

Thank you for your time.