default_image

2 years ago

December 26, 2022

सोनीको अलराउन्ड प्रदर्शनमा बागमतीले हङकङलाई हरायो

412 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा तीव्र गतिकी बलिङ अलराउन्डर सोनी पाख्रिनको अलराउन्ड प्रदर्शनमा बगामती प्रदेश महिला क्रिकेट टोलीले हङकङ क्रिकेट क्लबलाई ४ विकेटले हराएको छ । योसँगै दुई ४० ओभरको अभ्यास खेल बागमती महिला टोलीले २-० ले जितेको छ । अव दुई टि२० खेल खेल्नेछ ।

तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ २५ ओभरमा १ सय १ रनमा अल आउट भयो । हङकङको लागी केरी चानले २८ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २२ रन बनाइन् ।

ओपनर एमी लाईले १९ बलमा ३ चौकासहित १६ रन बनाइन् । हेली लुई २२ बलमा १४ रन बनाइन् । अन्य हङकङका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बागमतीकी सोनि पाख्रिनले ५ ओभरमा १५ रन खर्चेर ३ विकेट लिइन् । खुशी डंगोलले ८ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिइन् । कप्तान अस्मिना कर्माचार्यले दुई र विपिशा शाहीले एक विकेट लिइन् ।

जितको लागि १ सय २ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले २९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । बागमतीको जितमा सोनि पाख्रिनले ४४ बलमा ४ चौकासहित सर्वाधिक २७ रन बनाइन् । दोस्रो जितमा पनि सोनिनै प्लेयर अफ द म्याच चुनिइन् । पहिलो खेलमा २ विकेटल विजयी हुँदा पनि सोनी नै प्लेयर अफ द म्याच चुनिएकी थिइन् ।

कन्चन श्रेष्ठले ३६ बलमा ४ चौकासहित २५, अस्मिता खरेल १, अस्मिना कर्माचार्य ४, सलिना सिलवाल ४९ बलमा ३ चौकासहित २१ र हेलिसा गुरुङले तीन रन बनाइन् ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला खेलेको हो ।

श्रृंखलामा नवौं राष्ट्रिय खेलकुदमा सहभागी बागमती प्रदेशको महिला टोली र हङकङ क्रिकेटको महिला टिमबीच दुई फम्र्याटको ४ मैत्रीपूर्ण खेल खेलाइने छ । अव डिसेम्बर २७ र २९ तारिखमा टी– २० खेल हुनेछ ।

बागमती प्रदेशको महिला टिमले नवौं राष्ट्रिय खेलकुदमा कांस्य पदक जितेको थियो । पुष २९ देखि प्रदेश एकमा हुने महिला प्रधानमन्त्री कपमा बागमतीको लागि यो सिरिज राम्रो तयारीको आधार बन्नेछ ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.