default_image

2 years ago

December 26, 2022

ललित प्लेयर अफ द म्याच बन्ने पहिलो नेपाली खेलाडी

327 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर ललितनारायण राजवंशी नेपाल टि२० लिगमा प्लेयर अफ द म्याच जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् । जनकपुर रोयल्सका ललितले विराटनगर सुपर किंग्सविरुद्ध ४ ओभरमा १ मेडनसहित मात्रै ८ रन खर्चेर ५ विकेट लिए ।

ललितको उत्कृष्ट प्रदर्शनको सहयोगमा जनकपुरले विराटनगरलाई पाँच विकेटले हरायो । नेपाल टि२० लिगमा पाँच विकेट लिने ललित पहिलो खेलाडी समेत हुन् । चाडविक वाल्टनले ५५ बलमा ५ चौका र ४ छक्कासहित ६९ रन बनाए । जसक्रममा अन्तिम ओभरमा १६ रन पूरा गर्दै रोमान्चक जित दिलाएका थिए ।

खेलको प्लेयर अफ द म्याच भने ललित चुनिए । यसअघिका पाँचैं खेलमा विदेशी खेलाडी प्लेयर अफ द म्याच चुनिएका थिए । काठमाडौं र पोखराबीचको पहिलो खेलमा आजमतुल्लाह ओमरजाई प्लेयर अफ द म्याच बनेका थिए । लुम्बिनी अल स्टार्सले फार वेस्ट युनाइटेड र विराटनगर वारियर्सलाई हराउँदा दुवै खेलमा अर्धशतक प्रहार गरेका लाहिरु मिलान्था प्लेयर अफ द म्याच चुनिएका थिए ।

जनकपुरले पोखरालाई पाँच विकेटले हराउँदा केस्रिक विलियम्स, फार वेस्ट युनाइटेडले काठमाडौंलाई चार विकेटले हराउँदा हशमतुल्लाह शाहिदीले प्लेयर अफ द म्याच जितेका थिए ।

लुम्बिनी दुई खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । जनकपुर रोयल्स २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । मंगलबार पहिलो खेलमा पोखरा र लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा काठमाडौंले जनकपुरसँग खेल्नेछ ।

यो पनि : ललितको नेपाल टि२० लिगकै उत्कृष्ट बलिङ

ललित र वाल्टनको उत्कृष्ट प्रदर्शनमा जनकपुरको रोमान्चक जित

February 6, 2025

थाइल्याण्डमाथि नेदरल्याण्ड्सको उपाधी सम्भावना कायमै

काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डलाई हराउँदै नेदरल्याण्ड्सले जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको उपाधी सम्भावना कायमै राखेको छ । बिहीवार भएको खेलमा नेदरल्याण्ड्सले थाइल्याण्डमािथ १ विकेटको राेमाञ्चक जित हात पार्यो । सिरिजको अन्तिम खेलमा थाइल्याण्डले दिएको १ सय १० रनको लक्ष्य नेदरल्याण्ड्सले निर्धारित २० ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा फेबे […]

February 6, 2025

स्टोइनिसकाे ओडिआई क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले ओडिआई क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय स्टोइनिसले टि ट्वान्टी भन्ने खेल्ने छन् । टि ट्वान्टीमा ध्यान केन्द्रित गर्न ओडिआईबाट सन्यास लिएको बताएका छन् । उनले ७१ ओडिआई खेलमा २६.६९ को औसतमा १ हजार ४ सय ९५ रन बनाएका छन् । उनले ओडिआई क्रिकेटमा ४८ विकेट […]

February 6, 2025

अर्जुन ट्रफी – सलाउद्दिनको ५ विकेटमा दशरथको जित

काठमाडौं(हाम्रो खेलकुद) – सलाउद्दिन खानको ५ विकेट सहयोगमा दशरथ चन्द क्रिकेट एकेडेमीले धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा जित हासिल गरेको छ । बिहीवारको पहिलो खेलमा दशरथले क्रिकेट एक्सिलेन्स सेन्टर(सिइसी) काठमाडौंलाई १६ रनले पराजित गरेको छ । दशरथले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सिइसी १९.४ ओभरमा १ सय ४४ रनमा समेटियो । […]

Success

Thank you for your time.