default_image

2 years ago

December 26, 2022

विश्व क्रिकेटमा बन्यो दुर्लभ नयाँ कीर्तिमान

157 views

0 Bookmark

एजेन्सी – विश्व टेस्ट क्रिकेटको १ सय ४५ वर्षको इतिहासमा पहिलो पटक सुरुवाती दुबै ब्याटर स्टम्पिङ आउट भएका छन् । न्युजिल्यान्डसँगको पहिलो टेस्ट खेलमा पाकिस्तानका सुरुवाती दुबै ब्याटर स्टम्पिङ आउट हुँदै दुर्लभ कीर्तिमान बनाएका छन् ।

स्पिनर अजाज पटेलको चौथो ओभरको तेस्रो बलमा ओपनर अब्दुल्लाह शफिक ७ रनमा विकेटकिपर टम ब्लन्डेलबाट स्टम्पिङ आउट भए । सातौं ओभरको पहिलो बलमा शन मसुद माइकल ब्रेसवेलको बलमा तीन रनमा स्टम्पिङ आउट भएका थिए ।

यो पुरुष टेस्ट इतिहासमा पहिलो सुरुवाती दुई विकेट स्टम्पिङ आउट भएको पहिलो पटक हो । महिला टेस्ट खेलमा भने सन् १९७६ मा अष्ट्रेलिया र वेस्टइन्डिजबीचको खेल पनि सुरुवाती दुई ब्याटर स्टम्पिङ आउट भएका थिए ।

पहिलो टेस्ट खेलमा कराँचीमा टस जितेर पहिला ब्याटिङ रोज्दै ३२ ओभरमा ४ विकेट गुमाउँदै १ सय २९ रन बनाएको छ । पाकिस्तानका कप्तान बाबर आजम ९१ बलमा ७ चौकासहित ६४ रनमा क्रिजमा अविजित छन् । पाकिस्तानले मोहम्मद रिजवानको स्थानमा शरफराज खानलाई खेलाएको छ।

न्युजिल्यान्डले २००२ पछि पाकिस्तानमा क्रिकेट खेलि राखेको छ । न्युजिल्यान्डको टोली गतवर्ष पाकिस्तान भ्रमण गरेपनि अन्तिम समयमा सुरक्षाको कारण देखाउँदै नखेल्ने निर्णय लिँदै फर्किएको थियो ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.