2 years ago
December 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा विराटनगर सुपर किंग्सविरुद्ध दुई रनको रोमान्चक जित हात पारेको छ । लुम्बिनी लगातार दोस्रो जितसँगै शीर्ष स्थानमा उक्लिएको छ ।
जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनायो । विराटनगरलाई अन्तिम ७ बलमा जितको लागि २२ रन चाहिँएको थियो ।
किशोर महँतोलाई १९ औं ओभरको अन्तिम बलमा विवेक यादवले छक्का हान्दै विराटनगरको आशा कायमै राखे । अन्तिम ओभरको पहिलो बलमा पहिलो बलमै प्याट ब्राउनलाई आन्द्रे म्याकार्थीले चौका हाने । दोस्रो बल डट र तेस्रो बलमा एक रन बटुलेपछि अन्तिम तीन बलमा ११ रन चाहिँएको थियो । वाइट फ्याँलेपछि १० रन चाहिँएको थियो ।
चौथो बलमा विवेकले थर्डम्यानमा चौका हानेपछि दुई बलमा ६ रन चाहिँएको थियो । पाँचौं बलमा लङअनबाट लामो दौड लिएपनि काउकर्नरमा कप्तान दीपेन्द्रसिंह ऐरीले क्याच लिन सकेनन् ।
अन्तिम बलमा चार रन चाहिँएको थियो । विवेकले लङअफमा एक रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन । अन्तिम समयमा आएका विवेक यादवले खेललाई रोमान्चक मोडमा पुयाएपनि टोलीको झिनो हार टार्न सकेनन् । विवेक यादव ७ बलमा १ चौका र १ छक्कासहित १२ रनमा अविजित रहे ।
विराटनगरका हुसेन तालतले २४ बलमा ३ चौका र २ छक्कासहित ३९ रन बनाए । आक्रामक ब्याटिङ गरेका तालत १६ औं ओभरको चौथो बलमा टप एज लागेर मिडअनमा उन्मुक्त चन्दबाट क्याच आउट भए । दीपेन्द्रसिंह ऐरीको बलमा ठूलो सट खेल्ने धुनमा उनी क्याच आउट हुन पुगेका थिए ।
ओपनर अर्जुन साउद १८ बलमा १० रन बनाउँदै आउट भए । अर्का ओपनर गौरांशु शर्मालाई पहिलो ओभरको पाँचौं बलमा प्याट ब्राउनले ८ रनमा एलबीडब्लू आउट गरे ।
उपकप्तान रोहित पौडेल २७ बलमा २५ रन बनाउँदै आउट भए । रोहितले तीन चौका हाने । सिकन्दर राजा १७ रनमा सागर ढकालको बलमा एलबीडब्लू आउट भए । राजाले ११ बलमा १ चौका र १ छक्का हाने । पृथु बास्कोटा १८ र आन्द्रे म्याकार्थीले ११ रन बनाए ।
लुम्बिनीका किशोर महतोले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । प्याट ब्राउन, विपुल शर्मा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले एक एक विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५७ रन बनायो । अल स्टार्सका ओपनर लाहिरु मिलान्था ६३ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ८० रनमा अविजित रहे । मिलान्थालो ४१ बलमा लगातार दोस्रो अर्धशतक प्रहार गरे । मिलान्थाले पहिलो खेलमा फार वेस्ट युनाइटेडविरुद्ध ६० रन जोडेका थिए ।
ओपनर उन्मुक्त चन्द आजको खेलमा पनि दुई रनमै आउट भए । तीव्र गतिका बलर हुसन तालतको दोस्रो ओभरको पाँचौं बलमा टप एज लागेर विकेटकिपर अर्जुन साउदबाट आउट भए । कुशल भुर्तेल १७ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आउट भए ।
स्पिनर साहब आलमको बलमा कुशल स्टम्पिङ आउट हुन पुगे । दीपेन्द्रसिंह ऐरी १८ बलमा १ छक्कासहित १६ रनमा रन आउट भए । कप्तान आन्द्रे म्याकार्थीको बलमा अनिल डिप मिडविकेटमा ६ रनमा विवेक यादवबाट आउट भए । सिकन्दर राजाले विपुल शर्मालाई ११ रनमा स्टम्पिङ आउट गराए । गुलशन झा ४ र योगेन्द्रसिंह कार्कीले एक रन बनाए ।
विराटनगरका नन्दन यादव, हुसन तालत, शाहब आलम, सिकन्दर राजा र आन्द्रे म्याकार्थीले एक एक विकेट लिए । लुम्बिनीले पहिलो खेलमा ६७ रनले फार वेस्ट युनाइटेडलाई हराउँदै विजयी सुरुवात गरेको थियो । लुम्बिनीले अव मंगलबार पोखरा एभेन्जर्ससँग खेल्नेछ । विराटनगरले सोमबार जनकपुरसँग खेल्नेछ ।
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा १ खेल अगावै उपाधी जित्ने लक्ष्यमा थाइल्याण्ड नेदरल्याण्ड्ससँग खेल्दैछ । दुईबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सिरिजमा थाइल्याण्ड पाँचौ जित निकाल्दै सिरिज जित्ने लक्ष्यमा छ । थाइल्याण्डले नेपाल र नेदरल्याण्ड्ससँग खेलेका दुवै खेलमा जित हासिल गरेको थियो । नेदरल्याण्ड्सलाई भने […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]