2 years ago
December 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर अभिनाश बोहरा र युवा अलराउन्डर आजमतुल्लाह ओमरजाईको उत्कृष्ट प्रदर्शनमा काठमाडौं नाइट्सले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सलाई २६ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।
जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १९ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । पोखराको लागि उपुल थरंगाले ३४ बलमा ६ चौकासहित सर्वाधिक ४४ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर आसिफ शेख ५ र तेस्रो नम्बरका ब्याटर अमिर हम्जा १८ रनमा आउट भए ।
मध्यक्रमका ब्याटर आरिफ शेख २० बलमा २ चौकासहित २० रनमा आउट भए । आरिफ अभिनाश बोहराको बलमा सुनाम गौतमबाट क्याच आउट भएका थिए । अभिनाशले नै आक्रामक ब्याटिङको सम्भावना देखाएका भारतीय अभिमन्यु मिथुनलाई १८ रनमा एलेक्स ब्लेकबाट क्याच गराए । मिथुनले १० बलमा २ छक्का हाने ।
कप्तान शरद भेषावकर ६ र सिद्धान्त लोहनी १३ रनमा आउट भए । काठमाडौंका अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । बसिर अहमदले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । अनिल खरेलले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । काठमाडौंका आजमतुल्लाह ओमरजाईले ४२ बलमा ३ चौका र ७ छक्कासहित सर्वाधिक ८५ रनमा अविजित रहे । ओमरजाईले आरिफ शेखलाई छक्का हान्दै २७ बलमा अर्धशतक पूरा गरेका थिए ।
सुनाम गौतम २८ बलमा २ चौकासहित २८ रनमा अविजित रहे । एक समय खराब सुरुवात गर्दै ४८–५ को दयनीय अवस्थामा पुगे काठमाडौंलाई ओमरजाई र गौतमले १ सय १४ रनको अविजित शतकीय साझेदारी गर्दै उत्कृष्ट पूनरागमन गराए ।
तीव्र गतिका बलर प्रतिश जि।सीले टियु एण्डबाट आउँदै काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ललाई बोल्ड गर्दै डक आउट पेभेलिएन फर्काए । प्रतिशले दोस्रो ओभरको तेस्रो बलमा ओपनर सन्तोष काकीलाई ३ रनमा बोल्ड गरेको छ । कप्तान ज्ञानेन्द्र मल्ललाई पाँचौं बलमा शून्यमा बोल्ड आउट गरे ।
त्यसपछि स्पिनर जाखिर खानले मध्यक्रम धरासयी बनाए । इंग्ल्यान्डका एलेक्स ब्लेक २२ बलमा २ चौका र १ छक्कासहित २१ रनमा आउट भए । उनी जाहिरको बलमा बोल्ड भए ।
जाहिर खानले लोकेश बमलाई ४ रनमा बोल्ड गरे । ओपनर विरनदीप सिंहलाई स्पिनर मौसम ढकालले १० रनमा एलबीडब्लू आउट गरे । उनले १५ बल खेलेका थिए ।
पोखराका प्रतिश जि।सीले ३ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । जाहिर खानले ३ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । मौसम ढकालले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए ।
आजको दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । पोखराले आइतबार दोस्रो खेलमा जनकपुर रोयल्ससँग खेल्नेछ । काठमाडौंले सोमबार फार वेस्ट युनाइटेडसँग खेल्नेछ ।
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा १ खेल अगावै उपाधी जित्ने लक्ष्यमा थाइल्याण्ड नेदरल्याण्ड्ससँग खेल्दैछ । दुईबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सिरिजमा थाइल्याण्ड पाँचौ जित निकाल्दै सिरिज जित्ने लक्ष्यमा छ । थाइल्याण्डले नेपाल र नेदरल्याण्ड्ससँग खेलेका दुवै खेलमा जित हासिल गरेको थियो । नेदरल्याण्ड्सलाई भने […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]