2 years ago
December 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगमा पोखरा एभन्जर्सले काठमाडौं नाइट्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । टियु क्रिकेट मैदानमा भएको टसमा पोखराका कप्तान शरद भेषावकरले पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
पोखराले आजको खेलमा तुलबहादुर थापा, कृष्ण कार्की, विपिन खत्री र सुमित महर्जनलाई बेन्चमा राखेको छ । यसअघि टोलीमै नभएका लेग स्पिनर मौसमलाई विशाल विक्रम केसीको नाम काटेर राखेको छ । काठमाडौंले सौरभ खनाल, सन्दीप रजाली, गौतम केसी र रयान बर्ललाई बेन्चमा राखेको छ ।
पोखराको प्लेइङ ११ : आसिफ शेख(विकेटकिपर), शरद भेषावकर(कप्तान), कुशल मल्ल, प्रतिश जि.सी, आरिफ शेख, सिद्धान्त लोहनी, उपुल थरंगा, जाहिर खान, मौसम ढकाल, आमिर हम्जा र अभिमन्न्यू मिथुन ।
काठमाडौंको प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल(कप्तान), लोकेश बम, बसिर अहमद, कमलसिंह ऐरी, अभिनाश बोहरा, अनिल खरेल, सन्तोष कार्की, सुनाम गौतम, विरनदीपसिंह, अज्मातुल्लाह ओमरजाई र एलेक्स ब्लेक ।
January 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको पहिलो खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिचमा हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार कैलालीको फाप्ला क्रिकेट मैदानमा माघ १ गते सुरु हुने पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका जारी गरेको हो । माघ १२ गतेसम्म चल्ने प्रतियोगितामा ९ टोलीको सहभागिता रहनेछ […]
January 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर साहब आलमले कीर्तिमानी बलिङ गरे पनि त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएको छ । जय ट्रफी मेन्स एलिट कपको सोमवार सकिएको विभागीय डर्बी बराबरीमा सकिएको हो । १ सय ७२ रनको लक्ष्य पछ्याएको पुलिसले ५ विकेट गुमाएर ८८ रन जोडेको थियो । पुलिसका लागि अमित श्रेष्ठले […]
January 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको आफ्नो पहिलो खेलमा मयन यादवको शतकका बाबजुद मधेश प्रदेशले बागमती प्रदेशसँग बराबरी खेलेको छ । जनकपुरमा सोमवार सकिएको मधेश र बागमतीबिचको खेल बराबरीमा टुंगिएको हो । १ सय ६४ रनको लक्ष्य पछ्याएको बागमतीले दोस्रो तथा अन्तिम दिनको खेल सकिदा ६ विकेट गुमाएर ९७ रन मात्र जोडेपछि […]