2 years ago
December 23, 2022
एजेन्सी – इंग्ल्यान्डका युवा अलराउन्डर साम करन इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासकै सर्वाधिक महँगो मूल्य पाउने खेलाडी बनेका छन् । भारतको कोचीमा जारी मिनी अक्सनमा साम करनलाई पन्जाब किंग्सले १८ करोड ५० लाख (२९ करोड ५० लाख रुपैयाँ) भारुमा किनेको छ । यस मूल्य आइपिएल इतिहासकै सर्वाधिक महँगो हो । २०१९ मा करनले पन्जाबबाटै खेलेका थिए ।
आइपिएल अक्सन इतिहासमा सर्वाधिक महँगो मूल्य यसअघि दक्षिण अफ्रिका अलराउन्डर क्रिस मोरिसले पाएका थिए । २०२१ को अक्सनमा मोरिसलाई किन्न राजस्थान रोयल्सले १६ करोड २५ लाख भारु खर्चेको थियो । जुन अक्सनको सर्वाधिक महँगो मूल्य थियो ।
आइपिएल इतिहासमा सर्वाधिक महँगो मूल्य समेत हो । यसअघि रिटनेमा रोयल च्यालेन्जर्स बेंगलोरले २०१८ मा विराट कोहलीलाई १७ करोड भारुमा रिटेन गरेको थियो । २०२२ मा लखनउले लोकेश राहुललाई १७ करोड भारुमै किनेको थियो । १७ करोड माथि मूल्य पाउने उनी पहिलो खेलाडी हुन् ।
न्यूनतम मूल्य २ करोड भारु राखेका साम करनलाई अक्सनमा किन्न मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा भएको थियो । ७ करोडपछि मुम्बईसँग राजस्थान रोयल्सले अक्सनमा प्रतिस्पर्धा गरेको थियो । राजस्थानले १० करोडमा अग्रता लिएको थियो । पछि मुम्बईले थप प्रतिस्पर्धा गर्यो ।
११ करोड ५० लाखपछि चेन्नई र पन्जाब आएपछि अक्सन झनै रमाइलो बनेको थियो । राजस्थानसँग अक्सनमा १३ करोड २० लाख भएको हुँदा पछि परेको थियो । पन्जाबले १५ करोड मूल्य हालेपछि चेन्नई रोकिएको थियो । केहि समय रोकेपछि चेन्नईले पुन मूल्य लगाएको थियो । पछि पुन मुम्बई, लखनउ र पन्जाबबीच कडा प्रतिस्पर्धा भएपछि कीर्तिमानी मूल्य पाएका थिए ।
इंग्ल्यान्डलाई टि२० विश्वकप जिताउन नायक बनेका उनले मूल्य पनि त्यसै अनुसार पाएका हुन् । करनले उक्त विश्वकपमा ६ खेलमा १३ विकेट लिएका थिए । फाइनलमा पाकिस्तानविरुद्ध ४ ओभरमा १२ रन खर्चेर ३ विकेट र सुपर १२ मा अफगानिस्तानविरुद्ध ३.५ ओभरमा १० रन खर्चेर ५ विकेट लिएका थिए ।
इंग्ल्यान्डको टोलीबाट साम करनले तीनै शैलीमा लगातार दमदार प्रदर्शन गर्दै आएका छन् । साम करनले पन्जाब किंग्स र चेन्नई सुपर किंग्सबाट आइपिएल खेलि सकेका छन् । २०१९ मा पन्जाबबाट दिल्लीविरुद्ध ह्याट्रिक नै गरेका थिए । २०२० मा उनी चेन्नई पुगेका थिए । धोनीले उनलाई केहि खेलमा ओपनरको रुपमा समेत मैदान उतारेका थिए ।
२४ वर्षीय साम करनले २०१९ मा भने पन्जाब किंग्सबाट दिल्ली क्यापिटल्सविरुद्ध ह्याट्रिक गरेका थिए । ३२ आइपिएल खेल खेलेका साम करनले दुई अर्धशतकसहित ३ सय ३७ रन बनाउनुको साथै ३२ विकेट लिएका छन् ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]