2 years ago
December 23, 2022
एजेन्सी – इंग्ल्यान्डका अनुभवी ब्याटर जो रुट इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा अनसोल्ड भएका छन् । न्यूनतम मूल्य १ करोड भारु राखेपनि कुनैपनि टोलीले किनेनन् । त्यस्तै दक्षिण अफ्रिका ब्याटर राइली रोसोउ पनि अनसोल्ड भएका छन् । रोसोउले न्यूनतम मूल्य २ करोड राखेका थिए ।
चेन्नई सुपर किंग्सले अजिक्या रहाणेलाई न्यूनतम मूल्य ५० लाखमा किनेको छ । भारतीय ओपनर मयंक अग्रवाल ८ करोड २५ लाख भारुमा हैदराबाद पुगेका छन् । अग्रवाललाई किन्न सुरुवाती समय सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा भएको थियो । पछि चेन्नई सुपर किंग्स थपिएपछि अग्रवालले महँगो मूल्य पाएका हुन् । हैदराबादले ८ करोड २५ लाखमा पाएको थियो । सनराइजर्स हैदराबादले इंग्ल्यान्डका ह्यारी ब्रुकलाई १३ करोड २५ लाख भारुमा किनेको छ । ब्रुकको यो पहिलो अक्सन समेत हो ।
न्यूनतम मूल्य १ करोड ५० लाख भारु राखेका ह्यारी ब्रुकलाई किन्न सुरुवाती समय रोयल च्यालेन्जर्स बेंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा भएको थियो । पछि सनराइजर्स हैदराबादले पनि उनीमाथि मूल्य लगाएको थियो । हैदराबाद र राजस्थानबीच चर्को प्रतिस्पर्धा भएपछि उनले महँगो मूल्य पाएका छन् । पछि राजस्थानले छोडेको थियो ।
टि२० विश्वकप च्याम्पियन ह्यारी युवा पुस्ताका तीनै शैलीमा सानदार प्रदर्शन गर्दै आएका छन् । उनलाई इंग्ल्यान्डका पूर्व कप्तान केभिन पिटरसन र भारतीय विराट कोहलीसँग तुलना गरिन्छ । न्यूनतम मूल्यमा २ करोड राखेका केन विलियम्सन गुजरात टाइटन्स पुगेका छन् । सनराइजर्स हैदराबादले यसै सिजन विलियम्सनलाई फुकुवा गरेको थियो ।
आइपिएल पहिलो सेटमा ब्याटर रहेका छन् । मयंक अग्रवाल, ह्यारी ब्रुक, अजिक्या रहाणे, जो रुट, केन विलियम्सन र राइली रोसोउ रहेका छन् । दोस्रो सेट अलराउन्डरको छ । अलराउन्डरमा साम करन, क्यामरन ग्रीन, सकिब अल हसन, जेसन होल्डर, सिकन्दर राजा, ओडेन स्मिथ र बेन स्टोक्स छन् । न्यूनतम २ करोड भारु राखेका साम करन, बेन स्टोक्स र क्यामरन ग्रीन महँगो मूल्यमा बिक्ने अनुमान गरिएको छ । तेस्रो सेटमा विकेटकिपर ब्याटर छन् । विकेटकिपर ब्याटरमा टम ब्यान्टन, लिटन दास, हेनरिक क्लासेन, कुशल मेन्डिस, निकोलस पुरन र फिलिप साल्ट छन् ।
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीले आज(बिहीवार) श्रीलंकाको सामना गदैछ । मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा नेपालले श्रीलंका यु १९ को सामना गर्दैछ । दुई बीचको खेल नेपाली समय अनुसार बिहान ११ः४५ मा सुरु हुनेछ । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनल प्रवेशका लागि कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । दुई टोलीबीचको दोस्रो क्वालिफायर खेल कीर्तिपुस्थित टियु क्रिकेट मैदानमा मध्यान्ह १२ बजे सुरु हुदैछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]