2 years ago
December 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) ले पाँच लाख रुपैयाँ पाउने भएका छन् ।
त्यस्तै प्रतियोगिता उत्कृष्ट ब्याटर र बलरले समान २ लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता हरेक प्लेयर अफ द म्याचले ४० हजार प्राप्त गर्ने छन् । प्रतियोगिता उदीयमान खेलाडीले १ लाख ८० हजार प्राप्त गर्ने छन् ।
प्रतियोगिता विजेता टोलीले ५५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । उप विजेता टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने छन् । तेस्रो टोलीले १० लाख र चौथो हुनेले ५ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । नेपाल टि२० लिगका निर्देशक जतिन अग्रवालले पुरस्कार घोषणा गरेका हुन् ।
प्रतियोगिता शनिबार देखि सुरु हुनेछ । प्रतियोगिता तेस्रो पटक सर्दै शनिबार देखि सुरु हुने भएको हो । ६ फ्रेन्चाइज टोली सहभागी प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा हुनेछ ।
प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड छन् ।
January 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको पहिलो खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिचमा हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार कैलालीको फाप्ला क्रिकेट मैदानमा माघ १ गते सुरु हुने पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका जारी गरेको हो । माघ १२ गतेसम्म चल्ने प्रतियोगितामा ९ टोलीको सहभागिता रहनेछ […]
January 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर साहब आलमले कीर्तिमानी बलिङ गरे पनि त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएको छ । जय ट्रफी मेन्स एलिट कपको सोमवार सकिएको विभागीय डर्बी बराबरीमा सकिएको हो । १ सय ७२ रनको लक्ष्य पछ्याएको पुलिसले ५ विकेट गुमाएर ८८ रन जोडेको थियो । पुलिसका लागि अमित श्रेष्ठले […]
January 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको आफ्नो पहिलो खेलमा मयन यादवको शतकका बाबजुद मधेश प्रदेशले बागमती प्रदेशसँग बराबरी खेलेको छ । जनकपुरमा सोमवार सकिएको मधेश र बागमतीबिचको खेल बराबरीमा टुंगिएको हो । १ सय ६४ रनको लक्ष्य पछ्याएको बागमतीले दोस्रो तथा अन्तिम दिनको खेल सकिदा ६ विकेट गुमाएर ९७ रन मात्र जोडेपछि […]