default_image

2 years ago

December 22, 2022

नेपाल टि२० लिग फेरि सर्यो

177 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान) ले आयोजना गर्ने नेपाल टि२० लिग फेरि सर्ने भएको छ । क्यानले विदेशी खेलाडीको श्रम स्वीकृतिलाई देखाउँदै शुक्रबारबाट सुरु हुन नसक्ने जनाएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले शुक्रबारदेखि सुरु नहुने बताए । क्यानको यस विषयमा बिहीबार विहान देखिनै बैठक बसेको थियो । तर कहिलेदेखि सुरु हुने भने अनिश्चित छ ।

‘नेपाल टि२० लिग एक दुई तलमाथि हुन्छ । शुक्रबारबाट हुँदैन । विदेशी खेलाडीको कागजी प्रक्रिया कारण रोकिएको हो । श्रम स्वीकृतिको प्रक्रिया अघि बढेको छ । श्रम स्वीकृति लिने खास काम फ्रेन्चाइज टोलीको हो’, चन्दले हाम्रो खेलकुदसँग भने ।

‘विदेशी खेलाडी को आउने को नआउने भन्ने भयो । श्रम स्वीकृति अघि बढेपछि सबै कुरा हुनुपर्ने हो । संसारभर खेलाडीहरुलाई श्रम स्वीकृति लिन नपर्ने रहेछ । कानुन छ पनि छैन पनि । त्यस्तो हामीलाई लागेन । श्रम स्वीकृति लिएका छौं । मुद्दा हालेको छ । उनीहरुले श्रम स्वीकृति नगरेको हुँदा समयमै हुन नसक्ने भएको हो’, चन्दले भने ।

यदि एक दुई दिनको समयमा हुन नसके कर्मसियल तथा आयोजना जिम्मा लिएको सेभेन थ्री स्पोर्ट्ससँग सम्झौतानै रद्द गर्ने चन्दले बताए । एक दुई दिनमा नभए प्रतियोगितानै नहुने समेत स्पष्ट पारे ।

‘एक दुई दिन ढिलो भएरै छलफल गरेका छौं । यो सिजन सर्यो भने सेभेन थ्री कम्पनीसँग कुनैपनि काम हुँदैन । हामी तयार छौं । मैदान तयार छ । हाम्रा अफिसियलहरु तयार छन् । नेपाली खेलाडी दिएका छौं । विदेशी खेलाडी पनि आई सकेका छन्’, चन्दले भने ।

नेपाल टि२० लिग यो तेस्रो पटक सरेको हो । असोज ८ देखि गर्ने मिति तोकिएपनि अन्तिम समयमा निर्वाचन र सुरक्षाको कारण असोज सम्म सारेको थियो । दोस्रो पटक सर्दा प्रतियोगिता मंसिर २६ देखि पुष १६ हुने बताइएको थियो । प्रतियोगिता पुष ८ देखि २६ सम्म हुने बताइएको थियो ।

प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड छन् । क्यानले विना खुल्ला प्रतिस्पर्धा विना सेभेन थ्री स्पोर्ट्सलाई नेपाल टि२० लिग आयोजना अधिकार ८ वर्षका लागि ३३ करोडमा बेचेको थियो ।

यो पनि पढ्नुहोस्ः नेपाल टि२० लिग : सुनसान तयारी, सम्पर्कविहीन क्यान!

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.