2 years ago
December 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावेका स्टार अलराउन्डर सिकन्दार राजाले नेपाल टि२० लिग विराटनगर सुपर किंग्सबाट खेल्ने भएका छन् । विराटनगरले एक कार्यक्रम गर्दै राजा खेल्ने जनाएको छ । राजा आजनै नेपाल आइपुगेका छन् । विराटनगर सुपर किंग्स टोलीसँग जोडि सकेका छन् ।
राजाले जिम्बावेबाट १७ टेस्ट, १ सय २३ ओडिआई र ६६ टि२० आई खेलेका छन् । राजाले गत अक्टोबर नोभेम्बरमा जिम्बावेलाई सुपर १२ सम्म पुर्याउन सानदार प्रदर्शन गरेका थिए । सुपर १२ मा पाकिस्तानलाई एक रनले स्तब्ध पार्न राजा प्लेयर अफ द म्याच चुनिएका थिए । पाकिस्तानमा जन्मिएर जिम्बावेबाट क्रिकेट खेलेका राजा स्पिन बलिङसँगै मध्यक्रममा सानदार प्रदर्शन गर्दै आएका छन् ।
पछिल्लो समय राजा उच्च लयमा छन् । राजाले ३६ वर्षीय राजाले टि२० आईमा ६ अर्धशतकसहित १२ सय ५९ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् ।
गतवर्ष एभरेष्ट प्रिमियर लिग राजाले विराटनगर वारियर्सबाट खेल्दै सानदार प्रदर्शन गरेका थिए । इपिएलमा राजाले ५ खेलमा १ सय २९ रन बनाउनुको साथै ४ विकेट लिएका थिए ।
विराटनगरको टोली राजासँगै पाकिस्तानका अलराउन्डर हुसेन तालत, वेस्टइन्डिजका आन्दे म्याकार्थी, केओन जोशेफ, राज रोक्की र अमेरिका गौरान्शु शर्मा विदेशी खेलाडीको रुपमाछन् ।
विराटनगर सुपर किंग्सको टोली :
रोहित कुमार पौडेल, अर्जुन साउद, नन्दन यादव, विवेक यादव, साहब आलम, अमरसिंह राउटेला, नारायण जोशी, सूर्य तामाङ, प्रदीप ऐरी, पृथु बाँस्कोटा, रिजन ढकाल, सिकन्दर राजा, हुसन तालत, आन्द्रे म्याकार्थी, गौरान्शु शर्मा, राज रोक्की र केओन जोशेफ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]