2 years ago
December 20, 2022
एजेन्सी – इंग्ल्यान्डले पाकिस्तानसँगको तीन टेस्ट खेलको सिरिजमा सानदार क्लिनस्वीप गरेको छ । १७ वर्षपछि पाकिस्तान भ्रमण गरेको इंग्ल्यान्डको टेस्ट टोलीले तीन खेलको सिरिजमा सानदार ब्याटिङ प्रदर्शनका साथ क्लिनस्वीप गरेको हो । तेस्रो खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ८ विकेटले हराउँदै सहज जित हात पार्यो ।
जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले चौथो दिन पहिलो सेसनमै पूरा गर्यो । इंग्ल्यान्डको जितमा बेन डकेट ७८ बलमा १२ चौकासहित ८२ रनमा अविजित रहे । कप्तान बेन स्टोक्स ४३ बलमा ३ चौकासहित ३५ रनमा अविजित रहे ।
ओपनर ज्याक क्रली र बेन डकेटले पहिलो विकेटका लागि मात्रै ११.३ ओभरमा ८७ रनको साझेदारी गर्दै सहज जित नजिक पुर्याए । क्रली ४१ बलमा ७ चौकासहित ४१ रन र रेहान अहमद १० रनमा आउट भए । पाकिस्तानका अब्रर अहमदले दुई विकेट लिए ।
त्यसअघि घरेलु टोली पाकिस्तान दोस्रो इनिङमा २ सय १६ रनमा अल आउट भयो । तर पहिलो इनिङमा ५० रनले पछि परेको हुँदा उक्त लक्ष्य दिएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले १ सय ४ बलमा ७ चौकासहित सर्वाधिक ५४ रन बनाए । साउद सकिलले १ सय ३३ बलमा ६ चौकासहित ५३ रन बनाए ।
अन्य कुनैपनि पाकिस्तानी ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । अन्य कुनैपनि पाकिस्तानी खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर अब्दुल्लाह सफिकले २६, शन मसुद २४, अघा सलमान २१ र नौमान अलीले १५ रन बनाए ।
इंग्ल्यान्डका लेग स्पिनर रेहान अहमदले १४.५ ओभरमा १ मेडनसहित ४५ रन खर्चेर ५ विकेट लिए । उनी टेस्ट इतिहासमा सबैभन्दा कम उमेरमा पाँच विकेट लिने डेब्यू खेलाडी बनेका छन् । उनले १८ वर्ष १ सय २८ दिनमा यो उपलब्धी हात पारेका छन् ।
रेहानले अष्ट्रेलिया कप्तान प्याट कमिन्सको विश्व कीर्तिमान तोडेका हुन् । प्याट कमिन्सले १८ वर्ष १ सय ९६ दिनमा डेब्यूमा पाँच विकेट लिएका थिए । आफ्नो पुर्खौली देशविरुद्ध उनले यादगार डेब्यू गरे । रेहानका बुबा नइम अहमद पाकिस्तानबाट क्रिकेट खेलि सकेका छन् ।
टेस्ट करिअरको अन्तिम खेल खेलेका पाकिस्तानका अजहर अली शून्यमा आउट भए । स्पिनर ज्याक लिचको बलमा अजहर अली बोल्ड भएका थिए । उनलाई पाकिस्तानी खेलाडीले गार्ड अफ अर्नरको सम्मान समेत दिएका थिए । त्यस्तै लिचले तीन, जो रुट र मार्क वुडले एक एक विकेट लिए ।
त्यसअघि दोस्रो दिन इंग्ल्यान्ड पहिलो इनिङमा ३ सय ५४ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुकले १ सय ५० बलमा ८ चौका र ३ छक्कासहित १ सय ११ रनको शतकीय इनिङ खेले । ब्रुकले पहिलो टेस्ट खेलमा १ सय ५३ रनको शतकीय इनिङ र ८७ रन जोडेका थिए । दोस्रो टेस्ट खेलमा ९ रन र १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए ।
ब्रुक तीव्र गतिका बलर मोहम्मद वासिम जुनियरको बलमा एलबीडब्लू आउट भए । विकेटकिपर बेन फोक्स १ सय २१ बलमा ६ चौकासहित ६४ रनमा आउट भए । छैटौं विकेटका लागि ब्रुक र फोक्सले १ सय १७ रनको शतकीय साझेदारी गर्दै इनिङ उकासेका थिए । तल्लोक्रमका मार्क वुडले ३५ र ओली रोविन्सनले २९ रन बनाए ।
पाकिस्तानका दुई स्पिनर नौमान अली र अब्रर अहमदले समान चार विकेट लिएपछि इंग्ल्यान्डले अग्रता भने ठूलो लिन सकेन । ओपनर ज्याक क्रली अहमदको बलमा शून्यमा एलबीडब्लू आउट भए ।
अलीले लगातार बेन डकेटलाई २६ र जो रुटलाई गोल्डेन डक पेभेलिएन फर्काए । बेन स्टोक्स भने २६ रनमा रन आउट भए । तेस्रो नम्बरका ब्याटर ओली पोपले ६४ बलमा ४ चौकासहित ५१ रनमा बोल्ड भए ।
त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ३ सय ४ रनमा अल आउट भयो । पाकिस्तानका कप्तान बाबर आजम १ सय २३ बलमा ९ चौकासहित सर्वाधिक ७८ रनमा रन आउट भए । बाबरको रन आउट पाकिस्तान भारी पर्यो ।
तल्लोक्रमका ब्याटर अघा सलमान ९३ बलमा ६ चौकासहित ५६ रनमा अल आउट भए । अन्य पाकिस्तानी ब्याटरको प्रदर्शन राम्रो हुन सकेन । ओपनर अब्दुल्लाह शफिक ८ र शन मसुद ३० रनमा आउट भए । अजहर अली ६८ बलमा ६ चौकासहित ४५ रनमा आउट भए । साउद सकिल २३, मोहम्मद रिजवान १९, फहिम अशरार्फ ४ र नौमान अली २० रनमा आउट भए । इंग्ल्यान्डका स्पिनर ज्याक लिचले सर्वाधिक चार विकेट लिए ।
डेब्यु खेल खेलेका १८ वर्षीय युवा स्पिनर रेहान अहमदले दुई, ओली रोविन्सन, मार्क वुड र जो रुटले एक एक विकेट लिए । इंग्ल्यान्ड पहिलो खेलमा ७४ रन र दोस्रो खेलमा २६ रनले विजयी भएको थियो । तीन खेलमा तीन शतकसहित ४ सय ६८ रन बनाउँदै सानदार प्रदर्शन गरेका ब्रुक खेलको प्लेयर अफ द सिरिज चुनिए ।
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]