default_image

2 years ago

December 18, 2022

भारतलाई विश्वकप जिताएका कप्तानले नेपाल टि२० खेल्ने

198 views

0 Bookmark

एजेन्सी – भारतीय पूर्व क्रिकेटर तथा यू-१९ विश्वकप विजेता कप्तान उन्मुक्त चन्दले लुम्बिनी अल स्टार्सबाट नेपाल टि२० लिग खेल्ने भएका छन् । भारतीय सिनियर टोलीमा लामो समय प्रतिक्षा गरिरहँदा पनि मौका नपाएपछि चन्दले गत वर्ष सन्न्यासको घोषणा गर्दै अमेरिका लागेका थिए ।

एक समय चन्दलाई भारतीय क्रिकेटको ब्याटिङको भविष्य मानिन्थ्यो । तर भारतीय क्रिकेटमा तीव्र प्रतिस्पर्धामा उनले आफ्नो स्थान बनाउन सकेनन् । चन्दको कप्तानीमा भारतले सन् २०१२ मा यू१९ विश्वकप जितेको थियो । त्यसअघि २००८ मा विराट कोहलीको कप्तानीमा भारतले फाइनलमा दक्षिण अफ्रिकालाई डकवर्थ लेविस पद्धतिको आधारमा १२ रनले हराउँदै यू१९ विश्वकप जितेको थियो । भारतीय क्रिकेट टोलीमा विराट कोहलीले लगातार सानदार प्रदर्शन गरेपछि चन्दले टोलीमा स्थान बनाउन सकेका थिएनन् ।

चन्दले फाइनलमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै भारतलाई उपाधि जिताउँदा १ सय ३० बलमा ७ चौका र ६ छक्का सहित कुल १ सय ११ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । अमेरिकाबाट क्रिकेट खेल्ने तयारीमा छन् । गतवर्ष उनी अमेरिका लागेका थिए ।

उनले आइपिएल दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबाट खेलेका छन् । सुरुवाती समय दिल्लीबाट घरेलु क्रिकेट खेलेका उनले त्यहाँ राम्रो मौका नपाएपछि पछिल्लो समय उत्तरखण्डबाट खेलेका थिए । चन्दले ७७ प्रथम श्रेणी, १ सय २० लिष्ट ए र ७७ टि२० आई खेलेका छन् ।

प्रथम श्रेणीमा ८ शतक र १६ अर्धशतक सहित कुल ३ हजार ३ सय ७९ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन १ सय ५१ रन छ । लिष्ट ए मा ७ शतक र ३२ अर्धशतक सहित कुल ४ हजार ५ सय ५ रन बनाएका छन् । लिष्ट ए मा ३ शतक र ५ अर्धशतक सहित कुल १ हजार ५ सय ६५ रन जोडेका छन् ।

भारतीय खेलाडीले अन्य देशमा गएर खेल्न पाउदैनन् । तर चन्दले भारतबाट सन्न्यास लिएको हुँदा खेल्न आएका हुन् । लुम्बिनीले तेस्रो विदेशी खेलाडीको रुपमा चन्दलाई सार्वजनिक गरेको हो । आयरल्यान्डका युवा स्टार ह्यारी टेक्टर र दक्षिण अफ्रिकी बायाँ हाते तीव्र गतिकी बलर शड्ली भान सेल्किक पनि लुम्बिनी अल स्टार्समा आवद्ध भएका छन् । लुम्बिनीको मुख्य प्रशिक्षकको रुपमा इंग्ल्यान्डका पिटर ट्रेगो रहेका छन् । नेपाल पुलिसका मुख्य प्रशिक्षक समेत रहेका पूर्व क्रिकेटर मनोज कटवाल साहायक प्रशिक्षकको रुपमा छन् ।

नेपाल टि२० डिसेम्बर २३ देखि १० जनवरीसम्म टियु क्रिकेट मैदानमा हुनेछ । लुम्बिनीले पहिलो खेल फार वेस्ट युनाइटेडसँग खेल्दै सुरुवात गर्नेछ । लुम्बिनीको टोलीमा दीपेन्द्रसिंह ऐरीसँगै अनिल कुमार शाह, कुशल भुर्तेल, गुलशन झा, सागर ढकाल, योगेन्द्रसिंह कार्की, किशोर महतो , तिलकराज भण्डारी, सुनिल धमला, आकाश चन्द र ईशान पाण्डे छन् ।

यो पनि : हार्दिकले ब्याट दिएका टेक्टरले नेपाल टि२० लिग खेल्ने

दक्षिण अफ्रिकी बलरले लुम्बिनीबाट नेपाल टि२० लिग खेल्ने

इंग्ल्यान्डका ट्रेगो लुम्बिनीको मुख्य प्रशिक्षक

March 12, 2025

पुलिसको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]

March 12, 2025

नेपालको तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]

March 12, 2025

आर्मीको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]

Success

Thank you for your time.