default_image

2 years ago

December 18, 2022

ब्रुकको उत्कृष्ट शतकमा इंग्ल्यान्डको अग्रता

164 views

0 Bookmark

एजेन्सी – युवा स्टार ह्यारी ब्रुकले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै उत्कृष्ट शतक प्रहार गरेपछि इंग्ल्यान्डले तेस्रो टेस्ट खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध अग्रता लिएको छ ।

दोस्रो दिनको खेल सकिँदा पाकिस्तान दोस्रो इनिङमा ९ ओभरमा कुनै विकेट नगुमाई २१ रन बनाएको छ । पाकिस्तान अझै २९ रनले पछि छ । पाकिस्तानका ओपनर अब्दुल्लाह शफिक १४ र शन मसूद तीन रनमा क्रिजमा छन् । इंग्ल्यान्ड पहिलो इनिङमा ३ सय ५४ रनमा अल आउट भयो ।

समग्रमा इंग्ल्यान्डले पहिलो इनिङमा ५० रनको अग्रता लिएको थियो । इंग्ल्यान्डका ह्यारी ब्रुकले १ सय ५० बलमा ८ चौका र ३ छक्कासहित १ सय ११ रनको शतकीय इनिङ खेले । ब्रुकले पहिलो टेस्ट खेलमा १ सय ५३ रनको शतकीय इनिङ र ८७ रन जोडेका थिए । दोस्रो टेस्ट खेलमा ९ रन र १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए ।

ब्रुक तीव्र गतिका बलर मोहम्मद वासिम जुनियरको बलमा एलबीडब्लू आउट भए । विकेटकिपर बेन फोक्स १ सय २१ बलमा ६ चौकासहित ६४ रनमा आउट भए । छैटौं विकेटका लागि ब्रुक र फोक्सले १ सय १७ रनको शतकीय साझेदारी गर्दै इनिङ उकासेका थिए । तल्लोक्रमका मार्क वुडले ३५ र ओली रोविन्सनले २९ रन बनाए ।

पाकिस्तानका दुई स्पिनर नौमान अली र अब्रर अहमदले समान चार विकेट लिएपछि इंग्ल्यान्डले अग्रता भने ठूलो लिन सकेन । ओपनर ज्याक क्रली अहमदको बलमा शून्यमा एलबीडब्लू आउट भए ।

अलीले लगातार बेन डकेटलाई २६ र जो रुटलाई गोल्डेन डक पेभेलिएन फर्काए । बेन स्टोक्स भने २६ रनमा रन आउट भए । तेस्रो नम्बरका ब्याटर ओली पोपले ६४ बलमा ४ चौकासहित ५१ रनमा बोल्ड भए ।

त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ३ सय ४ रनमा अल आउट भयो । पाकिस्तानका कप्तान बाबर आजम १ सय २३ बलमा ९ चौकासहित सर्वाधिक ७८ रनमा रन आउट भए । बाबरको रन आउट पाकिस्तान भारी पर्यो ।

तल्लोक्रमका ब्याटर अघा सलमान ९३ बलमा ६ चौकासहित ५६ रनमा अल आउट भए । अन्य पाकिस्तानी ब्याटरको प्रदर्शन राम्रो हुन सकेन । ओपनर अब्दुल्लाह शफिक ८ र शन मसुद ३० रनमा आउट भए । अजहर अली ६८ बलमा ६ चौकासहित ४५ रनमा आउट भए ।

साउद सकिल २३, मोहम्मद रिजवान १९, फहिम अशरार्फ ४ र नौमान अली २० रनमा आउट भए । इंग्ल्यान्डका स्पिनर ज्याक लिचले सर्वाधिक चार विकेट लिए ।

डेब्यु खेल खेलेका १८ वर्षीय युवा स्पिनर रेहान अहमदले दुई, ओली रोविन्सन, मार्क वुड र जो रुटले एक एक विकेट लिए । तीन टेस्ट खेलको सिरिज इंग्ल्यान्डले एक खेल अगावै २–० ले जिती सकेको छ ।

December 17, 2024

नेपालले भारतसँग टस हार्यो

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपालले भारतविरुद्ध टस हारेको छ । मंगलवार मलेसियामा भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । पहिलो पटक आयोजना भइरहेको महिला एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर ४ मा स्थान पक्का गरेको छ । […]

December 17, 2024

यु १९ महिला एसिया कप – नेपाल र भारत खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीको दोस्रो खेल आज रहेको छ । मलेसियाको क्वालालाम्पुरमा नेपालले भारतको यु १९ टोलीको सामना गर्दैछ । पहिलो पटक आयोजना भइरहेको महिला एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर ४ मा स्थान पक्का गरेको […]

December 16, 2024

पाकिस्तानलाई हराउॅंदै नेपाल सुपर ४ मा

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले सुपर ४ मा स्थान बनाएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा […]

Success

Thank you for your time.