default_image

2 years ago

December 18, 2022

हार्दिकले ब्याट दिएका टेक्टरले नेपाल टि२० लिग खेल्ने

209 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्डका युवा स्टार ह्यारी टेक्टरले अर्को साता देखि टियु क्रिकेट मैदानमा हुने नेपाल टि२० लिग लुम्बिनी अल स्टार्सबाट खेल्ने भएका छन् । लुम्बिनीले नेपाल टि२० लिग आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा उनको नाम सार्वजनिक गरेको छ । ।

टेक्टर वर्तमान समयका आयरल्यान्डका प्रमुख ब्याटर मध्यका एक हुन् । उनले मध्यक्रममा सानदार प्रदर्शन गर्दै आएका छन् । गत जुनमा भारतविरुद्ध सानदार प्रदर्शन गरेपछि टेक्टरलाई कप्तान हार्दिक पान्ड्याले आफ्नो ब्याट नै उपहार दिएका थिए । त्यो खेल हरेपछि हार्दिकले टेक्टरलाई आइपिएलमा देख्न चाहेको समेत बताएका थिए ।

टेक्टरले भारतविरुद्ध पहिलो टि२० खेलमा २२–३ को खराब सुरुवातको अवस्थाबाट आउँदै ३३ बलमा ६ चौका र ३ छक्कासहित ६४ रनको उत्कृष्ट इनिङ खेलेका थिए । त्यहिँ इनिङबाट हार्दिक प्रभावित भएका थिए ।

‘उनले केहि उत्कृष्ट शटहरु खेले । उनी भर्खर २२ वर्षका छन् । मैले उनलाई ब्याट पनि उपहार दिएको छु । उनले अझै धेरै छक्काहरु प्रहार गरुँन् । र उनले आइपिएल खेल्न सक्छन् । आगमी दिनको लागि शुभकामना दिन चाहन्छु’, हार्दिकले पहिलो खेलपछि पत्रकार सम्मेलनमा भनेका थिए ।

हार्दिकले त्यो खेलमा भारतको लागि पहिलो कप्तानी समेत गरेका थिए । भारतविरुद्ध दोस्रो खेलमा ३९ रन जोडेका थिए ।गत जुलाईमा टेक्टरले न्युजिल्यान्डविरुद्ध पहिलो ओडिआई खेलमा १ सय १३ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

न्युजिल्यान्ड विरुद्धनै तेस्रो ओडिआई खेलमा टेक्टरले १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए । २३ वर्षीय टेक्टरले २३ ओडिआई खेलमा दुई शतक र ७ अर्धशतकसहित ८ सय ९३ रन बनाएका छन् ।

५१ टि२० आई खेलमा ८ सय ३६ रन बनाएका छन् । टेक्टरलाई आगमी विश्व क्रिकेटक स्टार ब्याटरको रुपमा समेत हेर्ने गरिन्छ । गत अक्टोबर तथा नोभेम्बरमा अष्ट्रेलियामा भएको टि२० विश्वकपमा भने उनले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका थिएनन् ।

दक्षिण अफ्रिकी बायाँ हाते तीव्र गतिकी बलर शड्ली भान सेल्किक पनि लुम्बिनी अल स्टार्सबाट खेल्ने भएका छन् । लुम्बिनीको मुख्य प्रशिक्षकको रुपमा इंग्ल्यान्डका पिटर ट्रेगो रहेका छन् । नेपाल पुलिसका मुख्य प्रशिक्षक समेत रहेका पूर्व क्रिकेटर मनोज कटवाल साहायक प्रशिक्षकको रुपमा छन् ।

नेपाल टि२० डिसेम्बर २३ देखि १० जनवरीसम्म टियु क्रिकेट मैदानमा हुनेछ । लुम्बिनीले पहिलो खेल फार वेस्ट युनाइटेडसँग खेल्दै सुरुवात गर्नेछ । लुम्बिनीको टोलीमा दीपेन्द्रसिंह ऐरीसँगै अनिल कुमार शाह, कुशल भुर्तेल, गुलशन झा, सागर ढकाल, योगेन्द्रसिंह कार्की, किशोर महतो , तिलकराज भण्डारी, सुनिल धमला, आकाश चन्द र ईशान पाण्डे छन् ।

March 12, 2025

पुलिसको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]

March 12, 2025

नेपालको तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]

March 12, 2025

आर्मीको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]

Success

Thank you for your time.