2 years ago
December 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकी बायाँ हाते तीव्र गतिकी बलर शड्ली भान सेल्किकले लुम्बिनी अल स्टार्सबाट नेपाल टि२० लिग खेल्ने भएका छन् ।
लुम्बिनीले आफ्नो विदेशी खेलाडीको रुपमा सेक्किकलाई सार्वजनिक गरेको छ । ३४ वर्षीय बायाँ हाते अलराउन्डर सेल्किकले ९७ प्रथम श्रेणी खेलमा २ सय ३९ विकेट लिनुको साथै २५ सय ९३ रन बनाएका छन् । त्यस्तै १ सय ११ लिष्ट ए मा १ सय ४४ विकेट लिनुको साथै ९ सय ४६ रन बनाएका छन् । सेल्किक तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् ।
उनले दक्षिण अफ्रिका इगल्र्स, फ्रि स्टेट र वेस्टर्न प्रोभिन्सबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । ४१ वर्षीय इंग्ल्यान्डका पिटर ट्रेगो लुम्बिनीका मुख्य प्रशिक्षकका रुपमा छन् । त्यस्तै मनोज कटवाल साहायक प्रशिक्षकको रुपमा छन् । नेपाल टि२० डिसेम्बर २३ देखि १० जनवरीसम्म टियु क्रिकेट मैदानमा हुनेछ । डबल राउन्ड रोविनको आधारमा हुने एनपिएलमा सबै ६ फ्रेन्चाइज टोलीले खेलाडी ड्राफ्टबाट लिएका छन् ।
लुम्बिनीमा विदेशी खेलाडीको रुपमा लाहिरु मिलान्था, काल्भिन स्याभेज, विपुल शर्मा, प्याट ब्राउन, रहकीम कर्नवाल र हरमीत सिंह थियो । नेपाल टि२० लिग सरेपछि केहि विदेशी खेलाडी परिवर्तन हुनेछन् । लुम्बिनीले पहिलो खेल फार वेस्ट युनाइटेडसँग खेल्दै सुरुवात गर्नेछ ।
लुम्बिनीको टोलीमा दीपेन्द्रसिंह ऐरी मार्की खेलाडीको रुपमा छन् । दीपेन्द्रसँगै अनिल कुमार शाह, कुशल भुर्तेल, गुलशन झा, सागर ढकाल, योगेन्द्रसिंह कार्की, किशोर महतो , तिलकराज भण्डारी, सुनिल धमला, आकाश चन्द र ईशान पाण्डे छन् ।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]