2 years ago
December 18, 2022
एजेन्सी – अष्ट्रेलियाले पहिलो टेस्ट खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ को फाइनल नजिक पुगेको छ । शीर्ष स्थानको अष्ट्रेलियाले दोस्रो स्थानको दक्षिण अफ्रिकालाई दोस्रो दिन नै हराउँदै फाइनल सम्भावना बलियो बनाएको हो । यो हारले दक्षिण अफ्रिका तेस्रो स्थानमा झरेको छ ।
जितको लागि ३४ रनरको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले ८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाले ३४ रन मध्य १९ अतिरिक्त पाएको थियो ।
द गाब्बा ब्रिसबेनको हरियो घाँस भएको पिचमा तीव्र गतिका बलरको सामना गर्न दुबै टोलीका ब्याटरलाई निकै कठिन पर्यो । बाउन्स पिचमा दुई दिनमै कुल ३४ विकेटको पतन भयो । ३४ मध्य ३० विकेट तीव्र गतिका बलरले लिए । दुई दिनमै टेस्ट खेल सकिएपछि पिचमाथि पनि प्रश्न उठ्न थालेका छन् ।
अष्ट्रेलिया मार्नस लाबुसेन १६ बलमा १ चौकासहित ५ रनमा अविजित रहे । दक्षिण अफ्रिका तीव्र गतिका बलर कागिसो रबाडाले चार विकेट लिए । ओपनर डेविड वार्नर ३, उस्मान खवाजा २, स्टिभ स्मिथ ६ र ट्रविस हेड शून्यमा आउट भए ।
दक्षिण अफ्रिका दोस्रो इनिङमा ९९ रनमा अल आउट भयो । दक्षिण अफ्रिका पहिलो इनिङमा ६६ रनले पछि परेको हुँदा समग्रमा ३३ रनको अग्रता लियो । दक्षिण अफ्रिका खया जन्डो ८५ बलमा ६ चौकासहित सर्वाधिक ३६ रनमा अविजित रहे । अन्य कुनैपनि दक्षिण अफ्रिका ब्याटर क्रिजमा टिक्न सकेनन् । खराब ब्याटिङ गर्नेक्रममा दक्षिण अफ्रिका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
एक समय ६९–९ को अवस्थामा पुगेको दक्षिण अफ्रिकालाई अन्तिम विकेटका लागि लुन्गी एनगिडी र जन्डोले ३० रनको साझेदारी गरेका थिए । अन्तिम विकेटका रुपमा कमिन्सको बाउन्सर बलमा एन्गडी ९ रनमा डेविड वार्नरबाट आउट भए ।
ओपनर सारेल एर्वी तीन र कप्तान डिएन एल्गर दुई रनमा कमिन्सको बलमा आउट भए । मिचेल स्टार्कले रास्सी भान डर डुसेनलाई शून्यमा बोल्ड गरे । टेम्बा बभुमा ६१ बलमा ३ चौकासहित २९ रनमा स्पिनर नाथन लायनको बलमा एलबीडब्लू आउट भए ।
केशव महाराज १६, कागिसो रबाडा तीन, काइल भेरेन, मार्को यानसन र एनरिचन नोर्कियाले खाता खोल्न सकेनन् । अष्ट्रेलिया कप्तान प्याट कमिन्सले १२.४ ओभरमा ३ मेडन राख्दै ४२ रन खर्चेर ५ विकेट लिए । मिचेल स्टार्क र स्कट बोलान्डले दुई दुई विकेट लिए ।
त्यसअघि दोस्रो दिन पहिलो सेसनमा घरेलु टोली अष्ट्रेलिया पहिलो इनिङमा २ सय १८ रनमा अल आउट भयो । मध्यक्रमका ब्याटर ट्रविस हेड ९६ बलमा १३ चौका र १ छक्कासहित सर्वाधिक ९२ रनमा आउट भए । उनी टेस्ट करिअरको छैटौं शतक बनाउन मात्रै ८ रनले चुके । पछिल्लो समय हेडले सानदार प्रदर्शन गर्दै आएका छन् ।
पहिलो दिन अन्तिम समय तिर प्रमुख ब्याटर स्टिभ स्मिथ ६८ बलमा ३ चौकासहित ३६ रनमा तीव्र गतिका बलर एनरिच नोर्कियाको बलमा बोल्ड आउट भए । इनिङको पहिलो बलमै ओपनर डेविड वार्नर रोयल डक आउट हुन पुगेका थिए । ओपनर उस्मान खवाजा र मार्नस लाबुसेन ११–११ रनमा आउट भए ।
खवाजा नोर्किया र लाबुसेन मार्को यानसनको बलमा आउट हुन पुगे । एक समय २७–३ को कमजोर अवस्थामा पुगेको अष्ट्रेलियालाई स्टिभ स्मिथ र हेडले चौथो विकेटका लागि १ सय १७ रनको शतकीय साझेदारी गर्दै खेलमा फर्काए । तर तल्लोक्रमका ब्याटरको प्रदर्शन राम्रो हुन सकेन ।
अष्ट्रेलिया एलेक्स केरी ३० बलमा २२ रनमा अविजित रहे । क्यामरिन ग्रीन १८ र मिचेल स्टार्कले १४ रन रन बनाए । दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिसो रबाडाले सर्वाधिक चार विकेट लिए । मार्को यानसन तीन, एनरिच नोर्किया दुई र लुन्गी एनगिडीले एक विकेट लिए ।
त्यसअघि द गाब्बा ब्रिसबेनमा टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिका १ सय ५२ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका विकेटकिपर काइल भेरेन ९६ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ६४ रनमा आउट भए । टेम्बा बभुमाले ७० बलमा ३ चौकासहित ३८ रन जोडे ।
एक समय २७–४ को दयनीय अवस्थामा रहेपनि पाँचौं विकेटका लागि टेम्बा बभुमा र काइल भेरेनले ९८ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । तर त्यसपछि भने लगातार विकेट गुमायो । चोटबाट फर्किएका रास्सी भान डर डुसेन ५ रनमा आउट भए ।
अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले तीन विकेट लिए । प्याट कमिन्स र स्कट बोलान्डले दुई दुई विकेट लिए । स्पिनर नाथन लायनले तीन विकेट लिए । तीन टेस्ट खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । दोस्रो टेस्ट खेल २६ डिसेम्बर देखि मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनेछ ।
अंक तालिका
अष्ट्रेलिया १३ खेलमा ९ मा जितसहित ७६.९२ विजयी प्रतिशतका साथ शीर्ष स्थानमा छ। दक्षिण अफ्रिका ११ खेलमा ६ मा जितसहित ५४.५५ विजयी प्रतिशतका साथ तेस्रो स्थानमा झरेको छ । भारत १३ खेलमा ७ मा जितसहित ५५.७७ विजयी प्रतिशतको दोस्रो स्थानमा छ ।
श्रीलंका १० खेलमा ५ मा जितका साथ ५३.३३ विजयी प्रतिशतका साथ चौथो स्थानमा छ । इंग्ल्यान्ड २१ खेलमा ९ मा जितसहित ४४.४४ विजयी प्रतिशतका साथ पाँचौं स्थानमा छ ।
अष्ट्रेलियाको फाइनल स्थान बलियो देखिन्छ । दोस्रो टोलीमा भारत र दक्षिण अफ्रिका मध्य एक टोलीको सम्भावना बढी छ । फाइनल २०२३ मा लर्ड्समा हुनेछ । २०१९/२१ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो ।
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]