2 years ago
December 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – इंग्ल्यान्डका पिटर ट्रेगो नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । लुम्बिनी अल स्टार्सले सामाजिक सञ्जाल मार्फत पिटर मुख्य प्रशिक्षकमा नियुक्त भएको जनाएको छ ।
४१ वर्षीय पिटर इंग्ल्यान्डको सिनियर टोलीमा मौका पाउन नसकेका खेलाडीमा प्रर्दछन् । उनले २ सय २३ प्रथम श्रेणीमा १५ शतक र ५४ अर्धशतकसहित ९ हजार ६ सय ४४ रन बनाएका छन् । २ सय ६ लिष्ट ए खेलमा १० शतक र २६ अर्धशतकसहित ५ हजार ५७ रन बनाएका छन् । तीव्र गतिमा बलिङ गर्ने उनले प्रथम श्रेणीमा ३ सय ९५ र लिष्ट ए मा १ सय ७३ विकेट लिएका छन् ।
‘सन्न्यास लिई सकेपछि मैले कोचिङ गर्दै आएको छु । म आफ्नो पहिलो व्यवसायिक अवसर पाउँदा निकै उत्साहित छु । मुख्य प्रशिक्षक बन्न पाउँदा विश्वभर क्रिकेटमा नयाँ सकरात्मक ल्याउन आशा गर्छु । विशेषगरि नेपाल टि२० लिगको पहिलो संस्करणमा लुम्बिनीको रुपमा’, पिटरले भनेका छन् ।
नेपाल टि२० डिसेम्बर २३ देखि १० जनवरीसम्म टियु क्रिकेट मैदानमा हुनेछ । डबल राउन्ड रोविनको आधारमा हुने एनपिएलमा सबै ६ फ्रेन्चाइज टोलीले खेलाडी ड्राफ्टबाट लिएका छन् ।
लुम्बिनीमा विदेशी खेलाडीको रुपमा लाहिरु मिलान्था, काल्भिन स्याभेज, विपुल शर्मा, प्याट ब्राउन, रहकीम कर्नवाल र हरमीत सिंह छन् । लुम्बिनीले पहिलो खेल फार वेस्ट युनाइटेडसँग खेल्दै सुरुवात गर्नेछ ।
लुम्बिनीको टोलीमा दीपेन्द्रसिंह ऐरी मार्की खेलाडीको रुपमा छन् । दीपेन्द्रसँगै अनिल कुमार शाह, कुशल भुर्तेल, गुलशन झा, सागर ढकाल, योगेन्द्रसिंह कार्की, किशोर महतो , तिलकराज भण्डारी, सुनिल धमला, आकाश चन्द र ईशान पाण्डे छन् ।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]