default_image

2 years ago

December 16, 2022

पाकिस्तानी अलराउन्डरले नेपाल टि२० लिग खेल्ने

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका अलराउन्डर हुसेन तालतले अर्को साता देखि नेपालमा हुने नेपाल टि२० लिग विराटनगर सुपर किंग्सबाट खेल्ने भएका छन् ।

विराटनगर सुपर किंग्सले विदेशी खेलाडीको नाम सार्वजनिक गर्दै पाकिस्तानी हुसेन आउने जनाएको छ । तीव्र गतिका बलिङ अलराउन्डर हुसेनले पाकिस्तानबाट १ ओडिआई र १८ टि२० आई खेल खेलेका छन् । २६ वर्षीय उनी मध्यक्रममा राम्रो ब्याटिङका लागि चिनिन्छन् ।

टि२० आईमा उनले २ अर्धशतकसहित कुल ३ सय ९४ रन बनाउनुको साथै ४ विकेट लिएका छन् । २०१८ मा वेस्टइन्डिजविरुद्ध कराँचीमा टि२० आईमा डेब्यू गरेका उनी २०२१ मा दक्षिण अफ्रिकाविरुद्ध खेलपछि टोलीमा छैनन् ।

विराटनगरको मार्की खेलाडीमा रोहित पौडेल छन् । रोहितसँगै, अर्जुन साउद, नन्दन यादव, विवेक यादव, साहब आलम, नारायण जोशी, सूर्य तामाङ, अमरसिंह राउटेला, प्रदीप ऐरी, पृथु बाँस्कोटा र रिजन ढकाल छन् ।

प्रतियोगिता २३ डिसेम्बर देखि १० जनवरीसम्म टियु मैदानमा हुनेछ । विराटनले पहिलो खेल २४ डिसेम्बरमा लुम्बिनी अल स्टार्ससँग खेल्नेछ । ६ टोली सहभागीत प्रतियोगितामा डबल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा हुनेछ ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.