default_image

8 years ago

December 27, 2016

विवादका बीच महिला क्रिकेटमा पूर्वाञ्चललाई स्वर्ण पदक

110 views

0 Bookmark

दिपेन्द्र पोखरेल
इटहरी – बाउन्ड्री नाघेको बलमा चौका नदिएको भन्दै एपिएफले महिला क्रिकेटको फाइनल त्यागेपछि पूर्वाञ्चललाई महिला क्रिकेटमा विजेता घोषित गरिएको छ । ६४ रनको लक्ष्य पछ्याएको एपिएफले जितका लागि अन्तिम ९ बलमा जितका लागि ९ रन हान्नु पर्ने थियो । यस्तोमा क्रिजमा थिइन् रितु कनौजिया । सविता गौतमको बलमा उनले प्रहार गरेको बलले बाउन्ड्री नाघेको एपिएफको दाबी थियो । 

apf-1

फिल्डर अप्सरा बेगमले चौका नभएको इशारा गरेपछि अम्पाएर चौका दिएनन् । त्यसपछि एपिएफले खेल बीचमा छोडेको थियो । एपिएफले त्यो चौका पाउनु पर्ने माग गरिरहने र अम्पायरहरुले दिन नमिल्ने बताएपछि खेल त्यत्तिकैमा टुंगिएको थियो । पटक पटकको आग्रह पछि पनि एपिएफ खेल्न नमानेपछि पूर्वाञ्चललाई विजेता घोषित गरिएको छ । पूर्वाञ्चलका खेलाडी खुसीयाली मनाइरहँदा एपिएफका खेलाडी भने एउटा कुनामा निराश भएर बसेका थिए ।

apf

pd

apf-2

February 22, 2025

इंग्लिसको शतकमा अस्ट्रेलियासँग इङ्ग्ल्याण्डको हार

एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको […]

February 22, 2025

कैलाली प्रिमियर लिग – भिमदत्त र त्रिवेणी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा समूह ‘डी’ को पहिलो खेलमा भिमदत्त नगरपालिकाले पर्शुराम नगरपालिकालाई ४७ रनले पराजित गरेको छ । १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा पर्शुरामले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो । पर्शुरामका लागि कप्तान राज विश्वकर्माले सर्वाधिक ३८ रन बनाए […]

February 22, 2025

डकेटको कीर्तिमानी शतकमा अस्ट्रेलियालाई विशाल लक्ष्य

एजेन्सी – ओपनर बेन डकेटको कीर्तिमानी शतकसँगै च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्याण्डले अस्ट्रेलियालाई विशाल लक्ष्य दिएको छ । समूह ‘बी’ को जारी खेलमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डबाट ३ सय ५२ रनको विशाल लक्ष्य पाएको हो । पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिङको निमन्त्रणा पाएको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५१ रनको विशाल योगफल तयार […]

Success

Thank you for your time.