default_image

2 years ago

December 7, 2022

नेपाललाई २ सय ७६ रनको विजयी लक्ष्य

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको तेस्रो खेलमा नेपालले घरेलु टोली नामिवियाबाट २ सय ७६ रनको विजयी लक्ष्य पाएको छ ।

युनाईटेड क्रिकेट ग्राउन्ड विन्डहोकमा बुधबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिवियाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७५ रन बनायो । नामिवियाका मिचेल भान लिंगेनले सर्वाधिक ११९ रनको योगदान दिए । उनले १११ बलमा १५ चौका र १ छक्का प्रहार गरे ।

कप्तान जेरहार्ड इरासमले ७६ बलमा एक चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाए । जान निकोल लोफ्टी एटनले ३२ बलमा ४ चौका र एक छक्काको सहयोगमा ४० रन बटुले । ओपनर लो हान्ड्रे लोउरेन्सले १४ तथा अर्का ओपनर डिभान ला कुक १८ रनमा आउट भए । जेजे स्मिथ २ रनमा आउट भए । जाने ग्रीन ९ रनमा आउट हुँदा पिक्की या फ्रान्स ११ रनमा अविजित रहे ।

नेपालका ललित राजवंशीले १० ओभरमा ३४ रन खर्चदै ४ विकेट लिए । सोमपाल कामीले १० ओभरमा १ मेडनसहित ५३ रन खर्चदै २ विकेट लिए ।

उत्कृष्ट इनिङ खेलिरहेका मिचेल भान लिंगेनलाई कट एण्ड बाेल्ड गर्दै साेमपालले ओडिआईमा आफ्नाे ५० विकेट पूरा गरेका छन् । सागर ढकालले ६ ओभरमा २७ रन खर्चिएर १ विकेट हात पारे । नेपालले केही वेरमा ब्याटिङ थाल्नेछ ।

November 11, 2024

फर्गुसनको ह्याट्रिकमा न्युजिल्याण्डको रोमाञ्चक जित

एजेन्सी – लकी फर्गुसनको ह्याट्रिकमा पाहुना टोली न्युजिल्याण्डले दोस्रो तथा अन्तिम टि ट्वान्टी आईमा श्रीलंकालाई पराजित गरेको छ । न्युजिल्याण्डले आइतवार श्रीलंकामाथि ५ रनको रोमाञ्चक जित हात पारेको हो । योसँगै दुई खेलको टि ट्वान्टी आई सिरिज १-१ को बराबरीमा सकिएको छ । १ सय ९ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंका १९.५ ओभरमा १ सय […]

November 10, 2024

दक्षिण अफ्रिकाले भारतलाई हरायो

एजेन्सी – दक्षिण अफ्रिकाले दोस्रो टि ट्वान्टी आईमा पाहुना टोली भारतलाई हराएको छ । दक्षिण अफ्रिकाले आइतवार भारतलाई ३ विकेटले हराएको हो । जितसँगै दक्षिण अफ्रिकाले ४ खेलको टि ट्वान्टी आई सिरिजमा १-१ को बराबरी गरेको छ । १ सय २५ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । दक्षिण […]

November 10, 2024

भारत सामान्य योगफलमा समेटियो

एजेन्सी – दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टि ट्वान्टी आईमा पाहुना टोली भारत सामान्य योगफलमा समेटिएको छ । भारतले आइतवार घरेलु टोलीलाई जितका लागि १ सय २५ रनको सामान्य लक्ष्य दिएको छ । सेन्ट जर्ज पार्क, ग्केबेरामा टस हारेर ब्याटिङको निम्ता पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २४ रन मात्र बनाउन सक्यो । […]

Success

Thank you for your time.