2 years ago
December 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा खराब ब्याटिङसँगै नेपाल स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको छ । स्कटल्यान्ड नेपाललाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ ।
जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले ३२.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।
स्कटल्यान्डका क्रिस्टोफर मिकब्राइड ४७ बलमा ७ चौकासहित सर्वाधिक ४३ रनमा आउट भए । ब्रेन्डन म्याकमलन ३४ बलमा २ चौका र १ छक्कासहित ३२ रनमा अविजित रहँदै खेल सकाए । उनले सागर ढकाललाई विजयी छक्का हानेका थिए ।
ओपनर जर्ज मुन्शेलाई तेस्रो ओभरको अन्तिम बलमा स्पिनर सागर ढकालले १७ रनमा बोल्ड गरे । मुन्शेले १५ बलमा ३ चौका हाने । तीव्र गतिका बलर गुलशन झाले काइल कोट्जरलाई तीन रनमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराए ।
गुलशनले स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनलाई तीन रनमा आसिफ शेखबाट क्याच गराउँदै पेभेलिएनको बाटो देखाए । स्पिनर ललित नारायण राजवंशीले क्रिस्टोफरलाई स्टम्पिङ गराउँदै महत्वपूर्ण सफलता दिलाएका थिए ।
२१ औं ओभरको चौथो बलमा ललितले नै विकेटकिपर म्याथ्यु क्रसलाई १३ रनमा एलबीडब्लू आउट गर्दै ८६–५ को अवस्थामा पुर्याए । माइकल लिस्क २९ बलमा ३ चौकासहित २२ रनमा आउट भए ।
नेपालका ललित नारायण राजवंशीले ६ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सागर ढकालले ६.१ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चेर २ विकेट लिए । गुलशन झाले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०।१ ओभरमा १ सय ३७ रनमा अल आउट भयो । नेपालका गुलशन झाले २९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २९ रन बनाए ।
नेपालका ओपनर आसिफ शेख तीव्र गतिका बलर ब्रेन्डन म्याकमलनको तेस्रो ओभरको चौथो बलमा एज लागेर विकेटकिपर म्याथ्यु क्रसबाट ७ रनमा क्याच आउट भए । दोस्रो विकेटका लागि अर्जुन साउद र ज्ञानेन्द्र मल्लले ३७ रनको साझेदारी गरे ।
अर्जुन एक रन लिनेक्रममा रिची बेलिङ्टनको थ्रोमा विकेटकिपर म्याथ्यु क्रसबाट रन आउटको शिकार भए । अर्जुनले ४४ बल खेल्दै ३ चौका प्रहार गरे । ज्ञानेन्द्र मल्ल ३९ बलमा ३ चौकासहित २५ रनमा आउट भए ।
ज्ञानेन्द्र १७ औं ओभरको पाँचौं बलमा स्पिनर मार्क वाट्को बलमा काइल कोट्जरबाट क्याच भए । तीव्र गतिका बलर क्रिस सोलले २४ औं ओभरमा लगातार दुई विकेट लिँदै नेपाललाई संकटमा पुर्याएका छन् ।
२४ औं ओभरको पहिलो बलमा आरिफ शेख १० रनमा विकेटकिपरबाट क्याच आउट भए । लगत्तै अर्को बलमा कुशल भुर्तेल कट एण्ड बोल्ड हुँदै गोल्डेन डक पेभेलिएन फर्के । दुई ओभरपछि रोहित ४३ बलमा १७ रन बनाउँदै आउट भए ।
कुशल भुर्तेल गोल्डेन डक र दीपेन्द्रसिंह ऐरी ९ रनमा आउट भए । करण केसी ८ रनमा रन आउट भए । सागर ढकाल ४ र ललित नारायण राजवंशीले ३ रन जोडे ।
स्कटल्यान्डका क्रिस सोलले ७ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिए । मार्क वाट्ले ८.१ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर २ विकेट लिए । ब्रेन्डन म्याकमलन, शफ्यान शरिफ र माइकल लिस्कले एक एक विकेट लिए । पहिलो खेल वर्षाको कारण नेपाल र नामिबियाबीच रद्ध भएको थियो । दुबै टोलीले एक एक अंक जोडेका थिए । नेपालले अव बुधबार नामिबिया र बिहीबार स्कटल्यान्डसँग खेल्नेछ ।
अंक तालिका
स्कटल्यान्ड ३० खेलमा २१ मा जित र ७ मा हारकासाथ ४४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । ओमान ३६ खेलमा २१ खेलमा जितका साथ ४४ अंक जोड्दै नेटरनरेटको कारण दोस्रो स्थानमा छ ।
अमेरिका ३६ खेलमा १६ मा जितका साथ ३५ अंक जोड्दै तेस्रोमा छ । नामिबिया २८ खेलमा १६ मा जितका साथ ३३ अंक जोड्दै चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जितका साथ २७ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल २२ खेलमा ८ मा जित र १२ मा हार सहित १८ अंक जोड्दै छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जितका साथ पुछारमा छ ।
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा स्थान बनाउँन जनकपुर बोल्ट्सले कर्णाली याक्सबाट सामान्य लक्ष्य पाएको छ । जारी दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीबाट १ सय १९ रनको लक्ष्य पाएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण नतिजा विहीन भएको छ । नेपाल र श्रीलंकाबीचको खेल बिहीवार वर्षाका कारण नतिजा विहीन भएको हो । यसका साथै दुवै टोलीले १-१ अंक बाडेका छन् । नेपालले समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण रोकिएको छ । समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको थियाे । नेपालले सुपर फोरको पहिलो खेलमा श्रीलंकाको यु १९ टोलीसँग पहिलो खेल खेलिरहेको थियो । टस जितेर बलिङ गरिरहेको नेपालले पहिलो ओभरको समाप्तीमा […]