2 years ago
December 4, 2022
एजेन्सी – पाकिस्तानले यदि भारत आफ्नो देश नआएपनि एसिया कप २०२३ आयोजना गर्ने दाबी गरेको छ । भारतले दुई महिनाअघि एसिया कप खेल्न पाकिस्तान नजाने बताएको थियो । पाकिस्तानले त्यसको जवाफ दिँदै भारत विना नै एसिया कप गर्न तयार रहेको जनाएको छ ।
पाकिस्तानका पूर्व कप्तान तथा क्रिकेट बोर्डका अध्यक्ष रमिज राजाले एसियन क्रिकेट काउन्सिल (एसिसी) ले एसिया कप २०२३ एकदिवसीय प्रतियोगिता आयोजना गर्न आफूहरुलाई अधिकार दिएको हुँदा जसरी पनि हुने बताएका छन् ।
‘एसिसीले हामीलाई एसिया कप आयोजना गर्ने अधिकार दिएको छ । त्यसपछि भारतले हामी आउँदैन भनेको छ । म मान्छु भारतमा राजनीतिक कुरा हुन्छ । तर एसिया कप पाकिस्तानबाट तटस्थ भुमीमा जान यो हुने वाला छैन’, पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष रमिज राजाले भने ।
भारतले पाकिस्तानलाई एसिया कप तटस्थ भूमिका आयोजना गर्न सुझाव दिएको थियो । तर राजाले पाकिस्तानमै हुने बताए ।
‘भारत पाकिस्तान आउँदैन भने हामी किन गर्न सक्दैनौं । हामी त उपलब्ध छौं । यो हाम्रो अधिकार हो । भारत नआउँदा बंगलादेश र श्रीलंका आउदैनन् भने नआउन् । एसिया कप पाकिस्तानमै हुन्छ’, राजाले भने ।
दुई महिना अघि भारतले २०२३ मा पाकिस्तानमा हुने एकदिवसीय एसिया कप खेल्न आफू नजनो बताएको थियो । मुम्बईमा भएको भारतीय क्रिकेट बोर्ड बिसिसिआईको ९१ औं वार्षिक साधरण सभामा सचिव तथा एसियन क्रिकेट काउन्सिलका अध्यक्ष जय शाहले एसिया कप फरक ठाउँमा खेल्नुपर्ने सुझाव दिएका थिए ।
‘एसिया कप २०२३ तटस्थ स्थानमा हुनेछ । म एसिसीको अध्यक्षको हैसियतले भन्दै छु । भारत पाकिस्तान जान सक्दैन । तिहीहरु यहाँ आउन सक्दैनन् । विगतमा पनि एसिया कप तटस्थ भूमिमा खेलिएको छ’, जय शाहले त्यस समय भनेका थिए ।
पाकिस्तानका केहि पूर्व खेलाडीहरुले आफूहरुपनि भारत जान नहुने बताएका छन् । २०१६ को टि२० विश्वकपमा भने पाकिस्तान भारतमा आएको थियो । यी दुई देश आन्तरिक राजनीतिको कारण होम अवे कुनैपनि सिरिज खेल्दैनन् । विश्वकप र एसिया कपमा मात्रै प्रतिस्पर्धा गर्ने गर्दछन् । त्यसैले विश्व क्रिकेटमा सबैभन्दा बढी महत्वपूर्ण खेलको रुपमा भारत र पाकिस्तानको खेललाई मान्ने गरिन्छ ।
पछिल्लो समय बाबर आजमको कप्तानीमा पाकिस्तान धेरै फेरिएको छ। गत वर्ष टि२० विश्वकपमा पाकिस्तानले भारतमाथि १० विकेटको सानदार जित हात पारेको थियो । गत एसिया कपको सुपर फोरमा भारत पाकिस्तानसँग ५ विकेटले पराजित हुँदै बाहिरिनु परेको थियो ।
एसिया कपको समूह चरणमा भने भारत पाँच विकेटले विजयी भएको थियो । यस पटकको विश्वकपमा भने भारतले पाकिस्तानलाई ४ विकेटले पराजित गरेको थियो । २०१७ को च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई १ सय ८० रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो ।
पाकिस्तानले २०२५ मा च्याम्पियन्स च्याम्पियन्स ट्रफी आयोजना गर्नेछ । २०१७ पछि भने च्याम्पियन्स ट्रफी भएको छैन । च्याम्पियन्स ट्रफीमा विश्वका आठ शीर्ष टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
दुई देशबीचको सम्बन्ध राम्रो नभएपनि खेलाडीहरुमा भने मित्रता देखिन्छ । पाकिस्तान र भारतबीचका खेलाडीबीच मैदानमा भने राम्रो सम्बन्ध देखिदै आएको छ । केहि महिना अघि विराट कोहली खराब लयमा रहँदा पाकिस्तानका बाबर आजमले उनलाई साथ दिँदै हौसला दिएका थिए । त्यसपछि विराटले अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका छन् ।
तर दुई देशबीचको खराब राजनीतिक सम्बन्धले त्यसको मारमा क्रिकेट खेलाडीहरु पनि पर्दै आएका छन् । विश्वको सबैभन्दा लोकप्रिय फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आइपिएल) मा त्यसैको कारण पाकिस्तानी खेलाडीलाई खेल्न प्रतिबन्ध लगाइएको छ
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]