default_image

2 years ago

December 2, 2022

नेपाल र नामिबियाबीचको खेल रद्ध

249 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबिया र नेपालबीचको खेल वर्षाको कारण रद्ध भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले ४ बलमा ४ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो ।

त्यसपछि पुन खेल सुरु हुन सकेन । खेल रद्ध भएपछि नेपाल र नामिबिया दुबैले एक एक अंक बाडेका छन् । नेपालको आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा वर्षाको कारण खेल रद्ध भएको पहिलो पटक हो । यसअघि नेपालले खेलेका २० खेलमा ८ मा जित, ११ मा हार र एक खेल टाई भएको थियो ।

त्यसअघि युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९.४ ओभरमा १ सय ९७ रनमा अल आउट भयो । नेपालका ज्ञानेन्द्र मल्लले ९४ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए । ज्ञानेन्द्रको यो ओडिआई करिअरको छैटौं अर्धशतक हो ।

ज्ञानेन्द्र नेपालबाट ओडिआईमा सर्वाधिक ६ अर्धशतक बनाउने पहिलो खेलाडी हुन् । ज्ञानेन्द्रपछि नेपालबाट आसिफ शेख र रोहित पौडेलले ५–५ अर्धशतक प्रहार गरेका छन् । यो ज्ञानेन्द्रको ओडिआई करिअरको उच्च प्रदर्शन हो । ज्ञानेन्द्रले दुई साताअघि युएईसँग तेस्रो ओडिआई खेलमा घरेलु मैदान टियुमा ६४ रनको इनिङ खेलेका थिए । त्यो नै ज्ञानेन्द्रको ओडिआई करिअरको उच्च प्रदर्शन थियो ।

एक समय नेपाल ३९.२ ओभरमा १५१–३ को बलियो अवस्थामा थियो । तर आरिफ आउट भएपछि नेपालले लगातार विकेट गुमाउन पुग्यो । अन्तिम ७ विकेट नेपालले मात्रै ४६ रनमा गुमाएको थियो ।

नेपाललाई ओपनर आसिफ शेख र अर्जुन साउदले पहिलो विकेटका लागि ९.५ ओभरमा ३१ रनको साझेदारी गर्दै औसत सुरुवात दिलाएका थिए । स्पिनर बेर्नार्ड शोल्ट्जको बलमा अर्जुन १८ रनमा रन बोल्ड भए । अर्जुनले ४२ बल खेल्दा २ चौका हानेका थिए ।

कप्तान जेरार्ड इरास्मसको बलमा आसिफ शेख २० रनमा क्याच आउट भए । आसिफ ४६ बलमा २ चौका प्रहार गरे । २५ औं ओभरको दोस्रो बलमा कप्तान रोहित पौडेल १० रनमा रन आउट भए ।

दुई रन लिनेक्रममा ज्ञानेन्द्र मल्लसँग तालमेल नमिलेपछि रन आउट भएका हुन् । दोस्रो रनको लागि ज्ञानेन्द्रले सुरुमा लिन चाहेपनि पछि अस्वीकार गरेका थिए । तर त्यो समय सम्म रोहित नन स्ट्राइकमा पुगेका थिए । पुन फर्किनेक्रममा रोहित रन आउटको शिकार बन्न पुगे ।

चौथो विकेटका लागि आरिफ शेख र ज्ञानेन्द्र मल्लले ६७ रनको साझेदारी गर्दै इनिङ खेलेका थिए । आरिफ ४० औं ओभरको दोस्रो बलमा कार्ल बिरकेनस्टोकलाई कभरमा सट खेल्न चाहेपनि प्वाइन्टमा क्याच आउट हुन पुगे ।

आरिफ शेख ४१ बलमा २ चौका प्रहार गरे । आरिफ आउट हुनु नामिबियालाई खेलमा फर्किने टर्निङ प्वाइन्ट बन्यो । लगत्तै अर्को बलमा खराब सट खेल्दै दीपेन्द्रसिंह ऐरी गोल्डेन डक आउट भए । ४१ औं ओभरको पहिलो बलमा ज्ञानेन्द्र तीव्र गतिका बलर टांगेनी लंगामेनीको बलमा एज लागेर विकेटकिपर जानी ग्रीनबाट क्याच आउट भए ।

तल्लोक्रमका कुशल भुर्तेल १३ र गुलशन झा १८ रनमा आउट भए । गुलशनले १८ बलमा २ छक्का हाने । सोमपाल कामी १० रनमा आउट भए ।

नामिबियाका कार्ल बिरकेनस्टोकले ३ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । टांगेनी लंगामेनीले १० ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ३ विकेट लिए । जेरार्ड इरास्मस, बेर्नार्ड शोल्ट्ज र जेजे स्मितले एक एक विकेट लिए ।

नेपाल, नामिबिया र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । नेपालले दोस्रो खेल मंसिर १८ (डिसेम्बर४ मा) स्कटल्यान्डसँग खेल्नेछ । नेपालले मंसिर २१ मा (डिसेम्बर ७) नामिबिया र मंसिर २२ मा (डिसेम्बर ८) स्कटल्यान्डसँग खेल्नेछ ।

अंक तालिका

ओमान ३६ खेलमा २१ खेलमा जितका साथ ४४ अंक जोड्दै शीर्ष स्थानमा छ । स्कटल्यान्ड २९ खेलमा २० मा जितको साथ ४२ अंक जोड्दै दोस्रो स्थानमा छ । ओमान र स्कटल्यान्ड शीर्ष तीनको लागि मजबुत अवस्थामा छन् ।

अमेरिका ३६ खेलमा १६ मा जितका साथ ३५ अंक जोड्दै तेस्रोमा छ । नामिबिया २८ खेलमा १६ मा जितका साथ ३३ अंक जोड्दै चौथो स्थानमा छ । नेपाल २१ खेलमा ८ मा जितसहित १८ अंक जोड्दै छैटौं स्थानमा छ । युएई २६ खेलमा १२ मा जितका साथ २७ अंकका साथ पाँचौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जितका साथ पुछारमा छ ।

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.