default_image

2 years ago

December 2, 2022

इंग्ल्यान्डलाई घरेलु टोली पाकिस्तानको गतिलो जवाफ

170 views

0 Bookmark

एजेन्सी – घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डसँगको पहिलो टेस्ट खेलमा सानदार ब्याटिङ गरेको छ । दोस्रो दिनको समाप्तिमा पाकिस्तानले पहिलो इनिङमा ५१ ओभरमा कुनै विकेट नगुमाई १ सय ८१ रन बनाएको छ ।

पाकिस्तानका ओपनर अब्दुल्लाह शफिक १ सय ५८ बलमा १० चौका र २ छक्कासहित ८९ रनमा अविजित छन् । अर्का ओपनर इमाम उल हक १ सय ४८ बलमा १३ चौका र १ छक्कासहित ९० रनमा क्रिजमा छन् । पाकिस्तान पहिलो इनिङमा अझ ४ सय ७६ रनले पछि परेको छ ।

त्यसअघि रावलपिन्डी क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्ड पहिलो इनिङमा ६ सय ५७ रनमा अल आउट भयो । विशाल योगफल बनाउन इंग्ल्यान्डका चार ब्याटरले सानदार शतक प्रहार गरे । इंग्ल्यान्डका युवा स्टार ह्यारी ब्रुकले १ सय १६ बलमा १९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ५३ रनको सानदार शतकीय इनिङ खेले ।

इंग्ल्यान्डले पहिलो दिनको खेल सकिँदा ७५ ओभरमा ४ विकेट गुमाउँदै ५ सय ६ रन बनाउँदै इतिहास रचेको थियो । इंग्ल्यान्ड टेस्ट क्रिकेट इतिहासमा पहिलो दिननै ५ सय रन बनाउने पहिलो टोली बनेको थियो । यस अघि टेस्टमा पहिलो दिन अष्ट्रेलियाले सन् १९१० मा दक्षिण अफ्रिकाविरुद्ध सिड्नीमा ४ सय ९४ रन बनाएको थियो । इंग्ल्यान्डले १ सय १२ वर्ष पूरानो कीर्तिमान तोड्दै नयाँ इतिहास रचेको छ ।

टेस्ट क्रिकेट इतिहासमा पहिलो दिननै चार शतक पनि पहिलो पटक बनेको हो । इंग्ल्यान्डलाई ओपनर ज्याक क्रली र बेन डकेटले पहिलो विकेटका लागि मात्रै ३५.४ ओभरमा २ सय ३३ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाए । ज्याक क्रली १ सय ११ बलमा २१ चौकासहित १ सय २२ रनमा हरिस रौफको बलमा बोल्ड भए । क्रलीले ८६ बलमा टेस्ट करिअरको तेस्रो शतक पूरा गरेका थिए ।

बेन डकेट १ सय १० बलमा १५ चौकासहित १ सय ७ रनमा आउट भए । डकेटले १ सय ५ बलमा टेस्ट करिअरको पहिलो शतक पूरा गरे । ओली पोप १ सय ४ बलमा १४ चौकासहित १ सय ८ रनमा आउट भए । पोपले ९० बलमा आफ्नो टेस्ट करिअरको तेस्रो शतक हो । तेस्रो विकेटका लागि ओली पोप र ह्यारी ब्रुकले १ सय ७६ रनको शतकीय इनिङ खेले ।

कप्तान बेन स्टोक्स १८ बलमा ६ चौका र २ छक्कासहित ४१, लियाम लिभिङस्टोन ९, विल ज्याक्स ३० र ओली रोविन्सनले ३७ रनको योगदान दिए । पाकिस्तानका स्पिनर जहिद मोहम्मदले सर्वाधिक चार विकेट लिए । नसिम शाहले तीन, मोहम्मद अलीले दुई र हरिस रौफले एक विकेट लिए ।

January 10, 2025

सन्दीप पनि पिएसएल ड्राफ्टमा

काठमाडौं(हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछाने पनि पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा परेका छन् । पाकिस्तान सुपर लिगले शुक्रवार जारी गरेको डायमण्ड क्याटगोरीमा सन्दीपलाई पनि समावेश गरेको हो । सन्दीपले २०१८/१९ को सिजन लाहोर कलन्दर्सबाट पिएसएल खेलिसकेका छन् । यसअघि गत बुधवार जारी सिल्भर क्याटगोरीको सुचीमा नेपालका ६ खेलाडी […]

January 10, 2025

विश्व कप खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा अर्को साताबाट सुरु हुने आइसिसी यु १९ महिला विश्व कपका लागि नेपाली युवा टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार पूजा महतोको कप्तानीमा रहेको टोलीको बिदाइ गरेको हो । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा क्यानका पदाधिकारीले टोलीको बिदाइ गरे । क्यानले शनिवार पूजाको कप्तानीमा १५ सदस्यीय […]

January 10, 2025

कुशल र दीपेन्द्र युएई प्रस्थान

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी युएईमा आयोजना हुने अन्तर्राष्ट्रिय टि ट्वान्टी लिग(आईएल टि ट्वान्टी) मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । कुशल र दीपेन्द्र शुक्रवार बिहान १० बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । आईएल टि ट्वान्टीमा कुशल डेजर्ट भाईपर्समा अनुबन्ध हुँदा दीपेन्द्रलाई भने गल्फ जायन्ट्सले अनुबन्ध […]

Success

Thank you for your time.