2 years ago
December 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका छन् ।
ज्ञानेन्द्र नामिबियाविरुद्ध ९४ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनमा आउट भए । ज्ञानेन्द्र तीव्र गतिका बलर टांगेनी लंगामेनीको बलमा एज लागेर विकेटकिपर जानी ग्रीनबाट क्याच आउट भए । ज्ञानेन्द्रको यो ओडिआई करिअरको छैटौं अर्धशतक हो ।
ज्ञानेन्द्र नेपालबाट ओडिआईमा सर्वाधिक ६ अर्धशतक बनाउने पहिलो खेलाडी हुन् । ज्ञानेन्द्रपछि नेपालबाट आसिफ शेख र रोहित पौडेलले ५–५ अर्धशतक प्रहार गरेका छन् ।
यो ज्ञानेन्द्रको ओडिआई करिअरको उच्च प्रदर्शन हो । ज्ञानेन्द्रले दुई साताअघि युएईसँग तेस्रो ओडिआई खेलमा घरेलु मैदान टियुमा ६४ रनको इनिङ खेलेका थिए । त्यो नै उच्च प्रदर्शन थियो । ज्ञानेन्द्र ओडिआईमा नेपालबाट पहिलो अर्धशतक हान्ने खेलाडी हुन् ।
ज्ञानेन्द्रले नेपालको ओडिआई डेब्यू खेलमा २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ५१ रनको इनिङ खेलेका थिए । २०२० को फेब्रुअरीमा ज्ञानेन्द्रले टियु मैदानमा ओमानविरुद्ध ५६ रन जोडेका थिए । गतवर्ष अल अमरेतमा अमेरिकाविरुद्ध ५५ र ओमानविरुद्ध ५२ रनको लगातार अर्धशतकीय इनिङ खेलेका थिए ।
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले सुपर ४ मा स्थान बनाएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाललाई पाकिस्तान यु१९ ले प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा नेपाल यु १९ ले पाकिस्तानबाट १ सय ५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । पाकिस्तानका लागि […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समीकरण पूरा भएको छ । एनपिएलको लिग चरणको अन्तिम खेल सोमवार समाप्तिसँगै प्लेअफ समीकरण पूरा भएको हो । लिग चरणको समाप्तिमा सुदूरपश्चिम रोयल्स शीर्षमा, जनकपुर बोल्ट्स दोस्रोमा , चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथोमा रहेर प्लेअफमा छनोट भए । एनपिएलको प्लेअफको पहिलो खेल बुधवार बिहान […]