2 years ago
December 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबियाविरुद्ध उत्कृष्ट अर्धशतक प्रहार गरेका छन् ।
युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३२ ओभरमा ३ विकेट गुमाउँदै १ सय २३ रन बनाएको छ । ज्ञानेन्द्र ६३ बलमा ४ चौका र २ छक्कासहित ५४ रनमा अविजित छन् । ज्ञानेन्द्र नेपालबाट ओडिआईमा सर्वाधिक ६ अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन् । ज्ञानेन्द्रपछि नेपालबाट आसिफ शेख र रोहित पौडेलले ५-५ अर्धशतक प्रहार गरेका छन् ।
आरिफ शेख २६ बलमा २ चौकासहित १७ रनमा अविजित छन् । नेपाललाई ओपनर आसिफ शेख र अर्जुन साउदले पहिलो विकेटका लागि ९.५ ओभरमा ३१ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाए । स्पिनर बेर्नार्ड शोल्ट्जको बलमा अर्जुन १८ रनमा रन बोल्ड भए । ४२ बल खेलेका अर्जुनले २ चौका प्रहार गरे ।
कप्तान जेरार्ड इरास्मसको बलमा आसिफ शेख २० रनमा क्याच आउट भए । आसिफ ४६ बलमा २ चौका प्रहार गरे । २५ औं ओभरको दोस्रो बलमा कप्तान रोहित पौडेल १० रनमा रन आउट भए । दुई रन लिनेक्रममा ज्ञानेन्द्र मल्लसँग तालमेल नमिलेपछि रन आउट भएका हुन् ।
दोस्रो रनको लागि ज्ञानेन्द्रले सुरुमा लिन चाहेपनि पछि अस्वीकार गरेका थिए । तर त्यो समय सम्म रोहित नन स्ट्राइकमा पुगेका थिए । पुन फर्किनेक्रममा रोहित रन आउटको शिकार बन्न पुगे । नेपालले यस खेलमा करण केसी, नन्दन यादव र हरिशंकर शाहलाई बेन्चमा राखेको छ ।
नेपालको प्लेइङ ११ :
आसिफ शेख, अर्जुन साउद (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, गुलशन झा, सोमपाल कामी, ललित नारायण राजवंशी र सागर ढकाल ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]