2 years ago
December 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेश वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । शुक्रबार सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ७ विकेटले हराउँदै शतप्रतिशत जितका साथ फाइनलमा स्थान पक्का गरेको हो ।
जितको लागि १ सय २५ रनको विजयी लक्ष्य सुदूरपश्चिम प्रदेशले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरपश्चिमको जितमा कप्तान अनुराग सिंह ४४ बलमा ६ चौकासहित ३९ रनमा आउट भए ।
मिलन बोहराले ३२ बलमा ४ चौका र १ छक्कासहित ३३, दीपक बोहरा १७, दीपक बोहरा १० र गजेन्द्र बोहराले १९ रन बनाए । गजेन्द्र ९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । बागमतीका रोशन विकले दुई र प्रतीक श्रेष्ठले एक विकेट लिए ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बागमती २८.४ ओभरमा १ सय २४ रनमा अल आउट भयो । बागमतीका सक्षम बास्ताकोटीले ८२ बलमा ५ चौकासहित ३३ रन बनाए । प्रतीक श्रेष्ठले ५० बलमा ३ चौका र ३ छक्कासहित ४४ रनमा आउट भए । रोशन विकले २४ बलमा १ चौका र ४ छक्कासहित ३६ रनमा अविजित रहे ।
एक समय बागमती २.५ ओभरमा ५–४ को दयनीय अवस्थामा पुगेको थियोा । पाँचौं विकेटका लागि प्रतिक श्रेष्ठ र सक्षमले ७८ रनको साझेदारी गरेपछि खेलमा फर्किएको थियो । छैटौं विकेटका लागि सक्षम र रोशन विकले ४१ रनको साझेदारी गरेपछि राम्रो योगफलको समभावना देखाएको थियो । तर बाँकी पाँच विकेट मात्रै एक रनमा गुमाएपछि सस्तैमा अल आउट भएको हो । एक समय बागमती २७.२ ओभरमा १२३–५ को अवस्थामा थियो ।
नरेन साउदले सक्षमलाई विकेटकिपर सुनिल चन्दबाट क्याच गराएपछि एक रन जोड्न पाँच विकेट गुमाएको थियो । पाँचौं बलमा ओमकार यादव शून्यमा आउट भए । आकाशले २९ औं ओभरको दोस्रो बलमा सक्रिय कार्कीलाई शून्यमा एलबीडब्लू आउट गरे । तेस्रो बलमा अभिषेक कोइराला शून्यमा बोल्ड भए । अहमद राजालाई चौथो बलमा बोल्ड गर्दै जारी प्रतियोगितामा ह्याट्रिक लिने पहिलो खेलाडी बनेका हुन् ।
त्यसअघि हेमन्त धामीले सानदार सुरुवात दिलाए । दोस्रो ओभरको दोस्रो बलमा लक्की कठायतलाई आकाशले शून्यमा क्याच गराए । तेस्रो ओभरमा हेमन्तले उत्तम थापामगरलाई तीन रनमा क्याच गराए । लगत्तै तेस्रो बलमा अशोक पौडेल शून्यमा एलबीडब्लू आउट भए । पाँचौं बलमा योगेश भाट बोल्ड भएपछि २.५ ओभरमा ५–४ को दयनीय अवस्थामा पुगेको थियो ।
सुदूरका आकाश चन्दले ५।४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ४ विकेट लिए । हेमन्त धामीले ५ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ३ विकेट लिए । नरेन साउदले दुई र युवराज खत्रीले एक विकेट लिए ।
सुदूर ६ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ । लुम्बिनी ५ खेलमा ४ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । बागमती ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंक भएपनि तेस्रो स्थानमा छ । लुम्बिनीको नेटरनरेट ०.९५० र बागमतीको ०.६८८ छ ।
लुम्बिनीले अन्तिम खेल मधेशविरुद्ध टियु मैदानमा खेल्नेछ । लुम्बिनी उक्त खेलमा विजयी हुँदा फाइनल खेल्नेछ । लुम्बिनी पराजित हुँदा भने बागमती फाइनलमा पुग्नेछ । लुम्बिनी झिनो अन्तरको हारले भने फाइनलमा पुग्न सक्ने समिकरणछ । ठूलो अन्तरको हारले भने लुम्बिनी बाहिरिनु पर्ने हुन्छ ।
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]