default_image

2 years ago

December 2, 2022

नेपालले आज घरेलु टोली नामिबियासँग खेल्दै

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज घरेलु टोली नामिबियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः ४५ मा युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा सुरु हुनेछ ।

शीर्ष तीनमा रहँदै आगमी वर्ष हुने ग्लोबल छनोट सिधैं खेल्न नेपाललाई बाँकी सबै खेल जित्नुपर्ने दबाब छ । तर नामिबियालाई उसकै घरेलु मैदानमा हराउन सहज भने हुनेछैन । नेपालले उत्कृष्ट क्रिकेट खेल्नुपर्ने हुन्छ । ओडिआईमा नेपालले नामिबियासँग दुई खेल खेल्दा जित विहीनछ । नेपाल तेस्रो खेलमा नामिबियालाई हराउन चाहन्छ ।

नामिबियामा तीव्र गतिका बलरलाई बढी फाइदा मिल्ने गर्दछ । नामिबिया पहिलो खेलमा स्कटल्यान्डसँग ४ विकेटले पराजित भएको थियो । तीव्र गतिका बलर हाबी बनेका थिए । नेपालले तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी र गुलशन झालाई मैदान उतार्ने सम्भावना छ । तीव्र गतिका बलरको प्रदर्शन महत्वपूर्ण हुनेछ । गुलशनको विकल्पमा नन्दन यादवलाई डेब्यू दिनसक्ने सम्भावना रहन्छ ।

नेपालले ओपनरमा आसिफ शेख र अर्जुन साउदलाई निरन्तरता दिनेछ । दुई ओपनरबाट नेपाल राम्रो सुरुवात चाहन्छ । त्यसपछि ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आरिफ शेख हुनेछन् । नामिबियामा ज्ञानेन्द्र, रोहित, दीपेन्द्र र आरिफले खेलि सकेका छन् । ज्ञानेन्द्र, रोहित र दीपेन्द्र प्रमुख ब्याटर हुन् । यी तीन मध्य एकले ठूलो इनिङ खेल्नु पर्ने हुन्छ ।

सोमपाल, करण, गुलशन र नन्दनको कारण नेपालको तल्लोक्रम ब्याटिङ मजबुत बन्नसक्छ । नेपालले आज एकमात्रै स्पिनर खेलाउने सम्भावना छ । भारत भ्रमणमा सागर ढकालले राम्रो गरेको हुँदा उनलाई मौका दिनसक्छ ।

यता नामिबिया आफ्नो घरेलु कन्डिसनको भरपूर्ण फाइदा उठाउन चाहन्छ । नामिबिया कप्तान जेरार्ड इरास्मस राम्रो लयमा छन् । उनले स्कटल्यान्डविरुद्ध ९६ रनको इनिङ खेलेका थिए । गत जुलाईमा नेपालविरुद्ध ५३ रनको इनिङ खेलेका थिए । मध्यक्रमका भरपर्दा ब्याटर इरास्मसको विकेट निकै महत्वपूर्ण हुनेछ ।

ओपनर डिभान ला कुक, माइकल भान लिगेन र जान निकोल लोफ्टी पनि राम्रो ब्याटिङका लागि चिनिन्छन् । जेजे स्मित नामिबियाका फिनिसर हुन् । उनी विष्फोटक अन्त्य गर्न सक्ने खुबी भएका हिटर हुन् ।

तीव्र गतिका बलर रुबेनट्रपलम्यान, बेन शिकोंगो र टांगेनी लुंगामेनी रहेका छन् । यी तीन जोडीको सामना गर्न नेपाली ब्याटरलाई सहज हुने छैन । चौथो विकल्प जेजे स्मिथ हुनेछन् ।

लाइभ : खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्नेछ । अनलाइनमा फ्यान कोर्ड र आइसिसी टिभी मार्फत हेर्न सकिनेछ ।

नेपाल, नामिबिया र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । नेपालले पहिलो खेल मंसिर १६ (डिसेम्बर २) मा घरेलु टोली नामिबियासँग खेल्नेछ । मंसिर १८ (डिसेम्बर४ मा) स्कटल्यान्डसँग खेल्नेछ । नेपालले मंसिर २१ मा (डिसेम्बर ७) नामिबिया र मंसिर २२ मा (डिसेम्बर ८) स्कटल्यान्डसँग खेल्नेछ ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर शाह र नन्दन यादव ।

विश्वकप लिग–२ को अंक तालिका

ओमान ३६ खेलमा २१ खेलमा जितका साथ ४४ अंक जोड्दै शीर्ष स्थानमा छ । स्कटल्यान्ड २९ खेलमा २० मा जितको साथ ४२ अंक जोड्दै दोस्रो स्थानमा छ । ओमान र स्कटल्यान्ड शीर्ष तीनको लागि मजबुत अवस्थामा छन् ।

अमेरिका ३६ खेलमा १६ मा जितका साथ ३५ अंक जोड्दै तेस्रोमा छ । नामिबिया २७ खेलमा १६ मा जितका साथ ३२ अंक जोड्दै चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जितका साथ २७ अंकका साथ पाँचौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जितका साथ पुछारमा छ । पपुवा न्युगिनीले क्वालिफायर प्लेअफ खेल्ने पक्का भएको छ ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.