2 years ago
December 19, 2022
क्रिकेट साच्चै अप्रत्याशित खेल हो । कति बेला के हुन्छ भन्न सकिँदैन । क्रिकेटमा एक ओभरमा कति रन बोन्ला ? धेरैको जवाफ ६ बलमा ६ छक्का हाने ३६ रन हुन्छ । एक दुई बल एक्स्ट्रा गइहाले अलिकति रन थपिएला । विश्वास नलाग्न सक्छ, क्रिकेटमा एकै ओभरमा ७७ रन बनेको छ । त्यो पनि मान्यता प्राप्त प्रथम श्रेणी खेलमा ।
३२ वर्षअघि प्रथम श्रेणी मान्यता प्राप्त खेलमा न्युजिल्यान्डका बर्ट भान्सले एकै ओभरमा ७७ रन खर्चिदै क्रिकेट इतिहासकै खराब कीर्तिमान बनाएका थिए । भनिन्छ कीर्तिमान तोडिनकै लागि बन्छन् । तर यो कीर्तिमान तोडिन असम्भवप्राय छ ।
केहि साता भारतीय युवा ब्याटर ऋतुराज गायकवाडले लिष्ट मान्यता प्राप्त खेलमा विजय हजारे ट्रफीमा महाराष्ट्रबाट उत्तरप्रदेशविरुद्ध ६ बलमा ४३ रन बनाए । उनले नो बल सहितको ओभरमा शिव सिंहलाई ७ बल खेल्दा ७ छक्का हानेका थिए ।
एकै ओभरमा ४३ रन बनेपछि धेरैको लागि आश्चर्य भयो । सिमित ओभरको क्रिकेटमा यो एकै ओभरमा बनेको सर्वाधिक रन थियो । तर क्रिकेट इतिहासमा भने एकै ओभरमा ७७ रन सम्म बनेको छ ।
सन् १९९० मा न्युजिल्यान्डको प्रथम श्रेणी मान्यता प्राप्त शेल ट्रफीमा भान्सले वेलिंगटनबाट क्यान्टरबीविरुद्ध उक्त रन खर्चेका हुन् । खेलको अन्तिम दिन थियो । वेलिंगटनलाई उपाधि जित्न अन्तिम खेलमा जित निकाल्नु पर्ने थियो । अन्तिम दिन विहान वेलिंगटनले क्यान्टरबरीलाई २ सय ९१ रनको लक्ष्य दियो । उक्त लक्ष्य ५९ ओभरमा पूरा गर्नुपर्ने हुन्थ्यो ।
उक्त लक्ष्य पछ्याएको क्यान्टरबरी खराब ब्याटिङ गर्नेक्रममा १०८–८ को अवस्थामा थियो । त्यो समय क्यान्टरबरीको जितको सम्भावना टाढिएको थियो । वेलिंग्टन सहज जिततर्फ अघि बढेको थियो । त्यसैले कप्तान एर्विन म्याकस्वीनीले करिअरमा कहिल्यै बलिङ नगरेका भान्सलाई बलिङ दिए । करिअरको अन्त्यतिर पुगेका भान्सलाई रन खर्च गर्न दिने रणनीति अनुसार नै कप्तान र प्रशिक्षकको सल्लाहमा बलिङ गर्ने दिइएको थियो ।
वेलिंगटन पर्याप्त रन खर्चन चाहन्थ्यो । विपक्षी आफ्नो लक्ष्यनजिक पुग्दा जितको आशामा दुई विकेट गुमाउने अनुमान गरेको थियो । वेलिंगटन ड्र नभएर जित चाहन्थ्यो । तर बर्टले लगातार नो बल फाले । सुरुवाती १७ बल मध्य एक बल मात्रै सहि थियो ।
ली जेर्मोनले ओभरमा फ्याँकेको छैटौं बलमा शतक पूरा गरे । जसक्रममा उनले ८ छक्का र पाँच चौका प्रहार गर्दै कुल ७० रन जोडेका थिए । फर्डले दुई बल सामना गर्दा पाँच रन बनाए । ७७ रन खर्चने क्रममा भान्सले कुल २२ बल फ्याँकेका थिए । तर अम्पायरले ओभरमा ५ सहि बल फ्याँकेपछि नै ओभर समाप्त भएको बताए । लगातार एक्स्ट्रा फ्याँकेपछि स्कोरर र अम्पायर नै बल गन्तीमा झुक्किएका थिए ।
भान्सले गरेको बल क्रमश: यस प्रकार (०,४,४,४,६,६,४,६,१,४,१,०,६,६,६,६,६०,०,४,०,१) थियो । उनले दोस्रो, १८ औं, १९ औं, २१ औं र २२ औं बलमा मात्र नोबल फ्याँकेनन् । बाँकी सबै बल नो बल थियो ।
अन्तिम ओभरमा जितका लागि १८ रन चाहिएको अवस्था थियो । भान्सकै ओभरको कारण स्कोरर रन जोड्न व्यस्त रहेका कारण खेलको समीकरण कसैलाई प्रष्ट थिएन । ब्याटर जेर्मोनले अन्तिम ओभरको सुरुवाती ५ बलमा १७ रन जोडे । अन्तिम बल रोकेपछि दुवै टोली पेभेलियन फर्किए । त्यसपछि मात्र दुवै टोलीले खेलको नतिजा यकिन रुपमा थाहा पाएका थिए ।
समग्रमा ली जेर्मोनले १ सय ४३ बलमा १६ चौका र ८ छक्का प्रहार गर्दै १ सय ६० रनको शतकीय इनिङ खेले । रोजर्स फर्डले ६९ बलमा १ चौकासहित १४ रन बनाए ।
नवौं विकेटका लागि फर्ड र जेर्मोनले १ सय ८२ रनको साझेदारी गरेका थिए । एकै ओभरमा ७७ रन आएपनि खेल भने ड्र भयो । ५९ ओभरमा क्यान्टरबरीले ८ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]