2 years ago
November 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर अहमद राजको पाँच विकेटमा बागमती प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशलाई १ सय ५२ रनको फराकिलो अन्तरले हराउँदै लगातार तेस्रो जित निकालेको छ । लगातार तेस्रो जितसँगै बागमती शीर्ष स्थानमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।
जितको लागि २ सय १८ रनको बलियो विजयी लक्ष्य पछ्याएको मधेश २५.५ ओभरमा ६५ रनमा अल आउट भयो । मधेशका कप्तान अभिषेक तिवारीले ३२ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक १८ रनको योगदान दिए ।
मयन यादवले ३६ बलमा १ चौकासहित ११ रन बनाए । लज्जास्पद ब्याटिङ गर्नेक्रममा मधेशका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । तीन खेलाडी डक आउट भएका थिए ।
बागमती प्रदेशका अहमद राजाले ७ ओभरमा १ मेडनसहित १५ रन खर्चेर ५ विकेट लिए । अभिषेक कोइरालाले २.५ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । त्यस्तै सक्रिय कार्की र प्रतिक श्रेष्ठले एक एक विकेट लिए ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बागमती प्रदेश ४७.३ ओभरमा २ सय १७ रनमा अल आउट भयो । बागमतीका उत्तम थापामगरले ९८ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए ।
योगेश भाटले ४० बलमा ४ चौका र ४ छक्कासहित ५९ रनको आक्रामक इनिङ खेले । तेस्रो विकेटका लागि योगेश र उत्तमले १ सय ११ रनको सानदार शतकीय साझेदारी गरेका थिए ।
प्रतिक श्रेष्ठ ३० र रोशन विक १४ रनमा आउट हुँदा अन्यले भने राम्रो गर्न सकेनन् । मधेशका तीव्र गतिका बलर राजेश यादवले ९.३ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ४ विकेट लिए । अब्जित मण्डलले १० ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । रन्जित कुमार दुई र अभिषेक तिवारीले एक विकेट लिए ।
बागमती ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । सुदूरपश्चिम २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । बागमतीले अव मंगलबार कर्णाली प्रदेशसँग खेल्नेछ । बागमतीले गण्डकीलाई ७४ रन र प्रदेश एकलाई ७२ रनले हराएको थियो ।
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा १ खेल अगावै उपाधी जित्ने लक्ष्यमा थाइल्याण्ड नेदरल्याण्ड्ससँग खेल्दैछ । दुईबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सिरिजमा थाइल्याण्ड पाँचौ जित निकाल्दै सिरिज जित्ने लक्ष्यमा छ । थाइल्याण्डले नेपाल र नेदरल्याण्ड्ससँग खेलेका दुवै खेलमा जित हासिल गरेको थियो । नेदरल्याण्ड्सलाई भने […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]