default_image

2 years ago

November 26, 2022

सागरको घातक बलिङ

182 views

0 Bookmark

एजेन्सी – नेपालका स्पिनर सागर ढकालले दोस्रो एकदिवसीय अभ्यास खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसनविरुद्ध घातक बलिङ गर्दै दयनीय अवस्थामा पुर्याएका छन् । अरुण जेट्ली स्टेडियममा घरेलु टोली दिल्लीले टस जितेर पहिला ब्याटिङ गरि रहँदा ३१ ओभरमा ८ विकेट गुमाउँदै १ सय १४ रन बनाएको छ ।

सागर ढकालले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिएका छन् । कुशल भुर्तेलले ६ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा २ मेडन राख्दै ५ रन खर्चेर १ विकेट लिएका छन् । ललित नारायण राजवंशीले ६ ओभरमा १ मेडनसहित १७ रन खर्चेर १ विकेट लिएका छन् ।

पहिलो खेलमा नेपाल दिल्लीसँग दुई विकेटले पराजित भएको थियो । नेपालले ३ सय ३ रन बनाएपनि उक्त लक्ष्य रोक्न सकेको थिएन । नेपालका कप्तान रोहित पौडेलले उक्त खेलमा १ सय १३ र दीपेन्द्रसिंह ऐेरीले १ सय ९ रनको शतकीय इनिङ खेलेका थिए ।

नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबिया भ्रमण अघि दिल्लीमा अभ्यास खेल खेलेको हो । यो अभ्यास खेल हुँदा नेपालले ब्याटिङ र बलिङ दुबैमा १४ जना मध्य कुनैपनि खेलाडीलाई मौका दिनसक्छ ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर शाह र नन्दन यादव ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.