2 years ago
November 26, 2022
एजेन्सी – नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसनविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । अरुण जेट्ली स्टेडियममा घरेलु टोली दिल्लीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।
पहिलो खेलमा नेपाल दिल्लीसँग दुई विकेटले पराजित भएको थियो । नेपालले ३ सय ३ रन बनाएपनि उक्त लक्ष्य रोक्न सकेको थिएन । नेपालका कप्तान रोहित पौडेलले उक्त खेलमा १ सय १३ र दीपेन्द्रसिंह ऐेरीले १ सय ९ रनको शतकीय इनिङ खेलेका थिए ।
नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबिया भ्रमण अघि दिल्लीमा अभ्यास खेल खेलेको हो । यो अभ्यास खेल हुँदा नेपालले ब्याटिङ र बलिङ दुबैमा १४ जना मध्य कुनैपनि खेलाडीलाई मौका दिनसक्छ ।
लको टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर शाह र नन्दन यादव ।
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले सुपर ४ मा स्थान बनाएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाललाई पाकिस्तान यु१९ ले प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा नेपाल यु १९ ले पाकिस्तानबाट १ सय ५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । पाकिस्तानका लागि […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समीकरण पूरा भएको छ । एनपिएलको लिग चरणको अन्तिम खेल सोमवार समाप्तिसँगै प्लेअफ समीकरण पूरा भएको हो । लिग चरणको समाप्तिमा सुदूरपश्चिम रोयल्स शीर्षमा, जनकपुर बोल्ट्स दोस्रोमा , चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथोमा रहेर प्लेअफमा छनोट भए । एनपिएलको प्लेअफको पहिलो खेल बुधवार बिहान […]