2 years ago
November 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पोडेल र दीपेन्द्रसिंह ऐरीको सानदार शतकमा नेपालले पहिलो एकदिवसीय अभ्यास खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसनलाई ३ सय ४ रनको बिशाल लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३ रन बनायो । नेपालका कप्तान रोहित पौडेल १ सय ३५ बलमा ११ चौका र १ छक्कासहित १ सय १३ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीले ६२ बलमा ८ चौका र ६ छक्कासहित १ सय ९ रनको विष्फोटक शतकीय इनिङ खेले । दीपेन्द्रले ५८ बलमै शतक हानेका थिए ।
खराब प्रदर्शन गरेपनि छैटौं विकेटका लागि रोहित र दीपेन्द्रले १ सय २० रनको सानदार शतकीय साझेदारी गरेका थिए । नेपालको सुरुवात सम्झन लायक रहेन । शीर्षक्रमका प्रमुख तीन ब्याटर खाता खोल्न नसकी आउट भए । ओपनर अर्जुन साउद, ज्ञानेन्द्र मल्ल र आसिफ शेख शून्यमा आउट भएका थिए ।
खराब सुरुवात गरेको नेपाललाई रोहित र हरिशंकर शाहले केहि इनिङ उकासेका थिए । हरिशंकर २९ बलमा २५ रन बनाउँदै आउट भए । कुशल भुर्तेल ३९ बलमा २१ रन बनाउँदै आउट भए ।
नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत नामिबिया भ्रमण अघि भारतमा अभ्यास खेलेको हो । नेपालले शुक्रबार दिल्लीसँगनै दोस्रो अभ्यास खेल खेल्नेछ । आइतबार नामिबिया प्रस्थान गर्नेछ ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर शाह र नन्दन यादव ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]