2 years ago
November 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कप्तान रोहित पोडेलले पहिलो एकदिवसीय अभ्यास खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसनविरुद्ध सानदार शतक हानेका छन् ।
रोहितको शतकमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ४६ ओभरमा ६ विकेट गुमाउँदै २ सय ४४ रन बनाएको छ ।नेपालका कप्तान रोहित पौडेल १ सय ३५ बलमा १ सय १३ रनमा अविजित छन् । उनलाई दीपेन्द्रसिंह ऐरीले साथ दिएका छन् ।
नेपालको सुरुवात सम्झन लायक रहेन । शीर्षक्रमका प्रमुख तीन ब्याटर खाता खोल्न नसकी आउट भए ।
ओपनर अर्जुन साउद, ज्ञानेन्द्र मल्ल र आसिफ शेख शून्यमा आउट भएका थिए । खराब सुरुवात गरेको नेपाललाई रोहित र हरिशंकर शाहले केहि इनिङ उकासेका थिए । हरिशंकर २९ बलमा २५ रन बनाउँदै आउट भए । कुशल भुर्तेल ३९ बलमा २१ रन बनाउँदै आउट भए । त्यसपछि रोहित र दीपेन्द्रले इनिङ उकासेका थिए ।
नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत नामिबिया भ्रमण अघि भारतमा अभ्यास खेलेको हो । नेपालले शुक्रबार दिल्लीसँगनै दोस्रो अभ्यास खेल खेल्नेछ । आइतबार नामिबिया प्रस्थान गर्नेछ ।
यो अभ्यास खेल हुँदा नेपालको १४ जना भित्र रहेका जो सुकै खेलाडीलाई खेलाउन सक्छ । अन्तर्राष्ट्रिय खेलमा जस्तो प्लेइङ ११ नै खेल्ने भन्ने हुँदैन ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर शाह र नन्दन यादव ।
December 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पुरस्कार राशी घोषणा गरेको छ। एपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। नेपाली खेलकुदमा विजेता टोलीले पाउने अहिले सम्मकै ठूलो राशि हो। दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्ने […]
December 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाल अपराजित रहँदै सुपर ४ मा पुगेको छ । नेपाल र भारत यु १९ बीचको खेल वर्षाका कारण स्थगित भए पछि नेपाल अपराजित रुपमा सुपर ४ मा पुगेको हो । नेपालले दिएको ९५ रनका लक्ष्य पछ्याउने क्रममा भारी वर्षा भए पछि खेल रद्द भएको हो । […]
December 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले भारतलाई जितको लागि सामान्य लक्ष्य दिएको छ । मलेसियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रनको सामान्य योगफल तयार गर्यो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन जोडिन् । उनले ४० बलमा ३ चौका प्रहार गरेकी […]