default_image

2 years ago

November 22, 2022

वाई वाई यू-१९ राष्ट्रिय प्रतियोगिता सम्पूर्ण तयारी पूरा

323 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बुधबारदेखि काठमाडौंमा सुरु हुने वाई वाई यू१९ राष्ट्रिय प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगितामा ७ प्रदेशका टोलीले सिंगल राउन्ड रोविनका आधारमा खेल्नेछन् । टियु र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता शीर्ष दुई टोली फाइनल मंसिर १९ मा फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रम गरि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसै प्रतियोगिता प्रदर्शनको आधारमा नेपालले यू-१९ टोली निर्माण गर्नेछ । जुन टोलीले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकपको लागि एसिया क्षेत्र डिभिजन १ छनोट २०२३ खेल्ने छ । डिभिजन १ छनोटमा नेपाल, युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । युएईमा हुने डिभिजन १ छनोटको विजेता टोली विश्वकप खेल्न पाउनेछ ।

आयोजक श्रीलंकासँगै, अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, वेस्टइन्डिज र जिम्बावे स्वत छनोट भएका छन् । बाँकी पाँच टोली विभिन्न क्षेत्र छनोटका विजेता हुनेछन् । नेपाल विश्वकप जित्न डिभिजन १ को विजेता हुनुपर्ने हुन्छ । हङकङ र सिंगापुर डिभिजन २ बाट एकमा आएका हुन् । नेपालको लागि यो विश्वकप छनोटको पहिलो सुरुवात हुनेछ । नेपालले २०१६ पछि यू१९ विश्वकप खेल्न सकेको छैन ।

कार्यक्रममा क्याका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, केन्द्रिय सदस्य दुर्गाराज पाठक र चौधरी ग्रुपमा उपमहाप्रन्धक लाल बाबु प्रताप लगायतको उपस्थीति थियो । यस प्रतियोगिताको लागि क्यानलाई चौधरी ग्रुपले वार्षिक ७० लाख प्रायोजन गर्ने गर्दछ ।

प्रतियोगिता विजेता टोलीले २ लाख र उपविजेता टोलीले एक लाख पाउनेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट ब्याटर र बलरले १०–१० हजार पाउनेछन् । खेलको प्लेयर अफ द म्याचले दुई हजार र म्याच फि एक हजार हुनेछ ।

‘हामी चाहन्छौं यो प्रतियोगिताबाट देशभर छरिएर रहेका प्रतिभा देशले पाउनेछ’, प्रशान्तले भने । प्रतियोगिता १९ गते सम्म चल्नेछ । टियु मैदानमा हुने सबै खेलको प्रत्यक्ष प्रसारण काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । गत वर्ष यस प्रतियोगिता उपाधि लुम्बिनी प्रदेशले जितेको थियो ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.