2 years ago
November 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर नन्दन यादव पहिलो पटक नेपाली राष्ट्रिय टोलीमा परेका छन् । नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजको नामिबिया भ्रमण गर्ने १४ सदस्य टोली घोषणा गर्दा नन्दन पहिलो पटक टोलीमा परेका हुन् ।
बागमतीबाट घरेलु क्रिकेट खेल्ने नन्दन तीव्र गतिसँगै तल्लोक्रममा हिटिङका लागि चिनिन्छन् । नन्दनले लगातार घरेलु क्रिकेटमा सानदार प्रदर्शन गरेपनि नेपाली टोलीमा स्थान बनाउन सकेका थिएनन् । नन्दन बन्द प्रशिक्षणबाटै बाहिरिदै आएका थिए ।
नामिबिया भ्रमणको लागि नेपालले नन्दनसँगै गुलशन झा, सोमपाल कामी र करण केसीलाई तीव्र गतिका बलरमा राखेको छ । युएईसँगको तीन ओडिआई खेलको सिरिजमा रहेका कमलसिंह ऐरी भने टोलीमा छैनन् । त्यस्तै अलराउन्डर आदिल आलम भने टोलीमै छैनन् । आदिल विष्फोटक ब्याटिङ अलराउन्डर थिए ।
नेपाल, नामिबिया र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । नेपालले अव विश्वकप लिग–२ मा १६ खेल खेल्न बाँकी छ । जसमा ८ घरेलु मैदान र ८ खेल विदेशी भूमिमा खेल्नेछ । शीर्ष पाँचमा रहन नेपालले कम्तिमा १० खेल जित्नु पर्ने हुन्छ । नेपालले नामिबियासँग डिसेम्बर २ मा पहिलो खेल खेल्नेछ । नेपालले डिसेम्बर ४ मा स्कटल्यान्डसँग खेल्नेछ । डिसेम्बर ७ मा नामिबिया र डिसेम्बर ८ मा स्कटल्यान्डसँग खेल्नेछ ।
नेपाल २० खेलमा ८ मा जित र ११ मा हारका साथ छैटौं स्थानमा छ । नेपाल ७ देश सम्मिलित विश्वकप लिग २ मा शीर्ष तीनमा पर्न सके आगमी वर्ष सिधैं विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । अन्यथा क्वालिफायर खेल्नुपर्ने हुन्छ । सोझै ओडिआई मान्यता जोगाउन शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर शाह र नन्दन यादव ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]