default_image

2 years ago

November 19, 2022

यू१९ विश्वकप विजेता भारतीय अलरान्डरले लुम्बिनीबाट खेल्ने

195 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – भारतीय यू१९ विश्वकप विजेता हरमीत सिंहले नेपाल टि२० लिग लुम्बिनी अल स्टार्सबाट खेल्ने भएका छन् । लुम्बिनीले सन् २०१२ को यू-१९ विश्वकप विजेता तथा इन्डियन प्रिमियर लिग (आइपिएल) का अनुभव बटुली सकेका हरमीतलाई अनुबन्ध गरेको हो ।

उनी २०१३ को आइपिएलमा राजस्थान रोयल्सको टोलीमा रहँदै एक खेल खेलेका थिए । भारतीय बी टोली, मुम्बई र त्रिपुराबाट घरेलु क्रिकेट खेली सकेका हरमीतसिंह पछिल्लो समय भने अमेरिकाबाट खेल्दै आएका छन् । ३० वर्षीय हरमीत स्पिनसँगै तल्लोक्रममा ब्याटिङ गर्ने गर्दछन् । लुम्बिनीले उनलाई श्रीलंकन खेलाडी नुवान थुसराको स्थानमा लिएको हो ।

गत जेठमा अमेरिका भ्रमणमा नेपालले लुम्बिनी अल स्टार्ससँग खेल्दा हरमीत टोलीमा थिए । उनले उक्त खेलमा एक विकेट लिएका थिए । बायाँ हाते हरमीतले ३१ प्रथम श्रेणी, १९ लिष्ट ए र ७ टि२० क्रिकेट खेलेका छन् ।

नेपाल टि२० डिसेम्बर १२ देखि ३१ सम्म काठमाडौंमा हुनेछ । डबल राउन्ड रोविनको आधारमा हुने एनपिएलमा सबै ६ फ्रेन्चाइज टोलीले खेलाडी ड्राफ्टबाट लिएका छन् ।

लुम्बिनीको टोलीमा विदेशी खेलाडीको रुपमा लाहिरु मिलान्था, काल्भिन स्याभेज, हरमीत सिंह, विपुल शर्मा, प्याट ब्राउन र रहकीम कर्नवाल छन् । लुम्बिनीले डिसेम्बर १२ मा फार वेस्ट युनाइटेडसँग खेल्दै प्रतियोगितामा सुरुवात गर्नेछ ।

लुम्बिनी अल स्टार्समा रहेका नेपाली खेलाडी :

दीपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), अनिल कुमार शाह (बी), कुशल भुर्तेल (बी), गुलशन झा (बी), सागर ढकाल (बी), योगेन्द्रसिंह कार्की(सी), किशोर महतो (सी), तिलकराज भण्डारी (सी), सुनिल धमला (सी), आकाश चन्द (सी) र ईशान पाण्डे (सी)

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.