default_image

8 years ago

December 26, 2016

बिनोदको बिष्फोटक ब्याटिङमा आर्मी विजयी , २३ बलमा ६७ रन

99 views

0 Bookmark

दिपेन्द्र पोखरेल

बिराटनगर – (हाम्रो खेलकुद) – सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको क्रीकेट खेलमा त्रिभुवन आर्मिले मध्यपस्चिमाञ्चललाई ३० रनले हराएको छ ।

मोरङको बैझनाथपुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मिले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ५७ बनाएको थियो । आर्मिकलागी बिनोद भण्डारिले बिष्फोटक ब्याटिङ गर्दै २३ बलमा ६७ रन जोडेका थिए । उनले ८ छक्का र ४ चौका प्रहार गरेका थिए । त्यस्तै अनिल मण्डलले ४९  बलको सामना गर्दै ४१ रन जोडे ।

प्रत्युत्तरमा मध्यपस्चिमाञ्चलले २० ओभरमा ९ विकेट गुमाउदै १ सय २७ मात्र जोड्न सफल हुँदा ३० रनको हारको सामना गर्‍यो ।मध्यपश्चिमाञ्चलका लागि प्रज्वल शाहीले २९ तथा राजवीर सिंहले १९ रन बनाए ।

February 22, 2025

इंग्लिसको शतकमा अस्ट्रेलियासँग इङ्ग्ल्याण्डको हार

एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको […]

February 22, 2025

कैलाली प्रिमियर लिग – भिमदत्त र त्रिवेणी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा समूह ‘डी’ को पहिलो खेलमा भिमदत्त नगरपालिकाले पर्शुराम नगरपालिकालाई ४७ रनले पराजित गरेको छ । १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा पर्शुरामले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो । पर्शुरामका लागि कप्तान राज विश्वकर्माले सर्वाधिक ३८ रन बनाए […]

February 22, 2025

डकेटको कीर्तिमानी शतकमा अस्ट्रेलियालाई विशाल लक्ष्य

एजेन्सी – ओपनर बेन डकेटको कीर्तिमानी शतकसँगै च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्याण्डले अस्ट्रेलियालाई विशाल लक्ष्य दिएको छ । समूह ‘बी’ को जारी खेलमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डबाट ३ सय ५२ रनको विशाल लक्ष्य पाएको हो । पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिङको निमन्त्रणा पाएको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५१ रनको विशाल योगफल तयार […]

Success

Thank you for your time.