default_image

2 years ago

November 18, 2022

युएईविरुद्ध आसिफ र ज्ञानेन्द्रको उत्कृष्ट अर्धशतक

393 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ओपनर तथा विकेटकिपर आसिफ शेख र अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लले तेस्रो ओडिआई खेलमा युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।


दुई जीवनदानको फाइदा उठाउँदै आसिफले ७९ बलमा आफ्नो ओडिआई करिअरको पाँचौं अर्धशतक पूरा गरेका हुन् । अनुभवी ज्ञानेन्द्र मल्लले ६१ बलमा अर्धशतक पूरा गरे ।

जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३० ओभरमा १ विकेट गुमाउँदै १ सय २८ रन बनाएको छ । ज्ञानेन्द्र मल्ल ६३ बलमा ६ चौका र ३ छक्कासहित ५६ रनमा अविजित रहे ।

ज्ञानेन्द्र मल्लको यो पाँचौं ओडिआई करिअरको अर्धशतक हो । आसिफ शेख ८५ बलमा ७ चौकासहित ५५ रनमा अविजित छन् । दोस्रो विकेटका लागि आसिफ र ज्ञानेन्द्रले १ सय ६ रनको शतकीय साझेदारी गरेका छन् ।

आसिफले दुई महत्वपूर्ण जीवनदान पाईसकेका छन् । तीव्र गतिका बलर जहुर खानको दोस्रो ओभरको अन्तिम बलमा एज लागे आसिफले ब्यक्तिगत ४ रनमा जीवनदा पाए ।

युएईका फिल्डर रोहन मुस्तफा र बासिल हामिदमा क्याच कसले लिने अलमल हुँदा आसिफको जीवनदान पाउन पुगेका थिए ।आसिफले ब्यक्तिगत १० रनमा पुन जीवनदान पाए । स्पिनर आयन खानको सातौं ओभरको पहिलो बलमा बासिल हामीले प्वाइन्टमा आसिफको क्याच छोड्न पुगेका थिए ।

तीव्र गतिका बलर हजरत बिलालले दशौं ओभरको अन्तिम बलमा अर्जुन साउदलाई ९ रनमा विकेटकिपर वृत्य अरविन्दबाट क्याच गराए । एज लागेर आउट हुनुअघि अर्जुनले ३३ बल खेल्दै १ चौका प्रहार गरे ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । एक समय ३१.१ ओभरमा ९३-९ को अवस्थामा पुगेपनि दशौं विकेटका लागि आयन र हजरतले पुरै ओभर खेल्दै अविश्वसनीय पूनरागमन गराए ।

आयन खान ६३ बलमा ७ चौका र १ छक्कासहित ५४ रनमा अविजित रहे । नवौं विकेट जादा आयन एक रनमा क्रिजमा थिए । उनले आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो अर्धशतक हाने । बिलाल ५४ बलमा १ छक्कासहित २० रनमा अविजित रहे ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.