default_image

2 years ago

November 18, 2022

युएईविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ

243 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेस्रो ओडिआई खेलमा युएईविरुद्ध प्रतिस्पर्धात्मक लक्ष्य पछ्याउँदा उत्कृष्ट ब्याटिङ गरेको छ । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २४ ओभरमा १ विकेट गुमाउँदै ९० रन बनाएको छ ।

नेपालका ज्ञानेन्द्र मल्ल ४२ बलमा ५ चौका र १ छक्कासहित ३२ रनमा अविजित छन् । आसिफ शेख ६९ बलमा ६ चौकासहित ४२ रनमा अविजित छन् । आसिफले दुई महत्वपूर्ण जीवनदान पाईसकेका छन् । तीव्र गतिका बलर जहुर खानको दोस्रो ओभरको अन्तिम बलमा एज लागे आसिफले ब्यक्तिगत ४ रनमा जीवनदा पाए ।

युएईका फिल्डर रोहन मुस्तफा र बासिल हामिदमा क्याच कसले लिने अलमल हुँदा आसिफको जीवनदान पाउन पुगेका थिए ।आसिफले ब्यक्तिगत १० रनमा पुन जीवनदान पाए । स्पिनर आयन खानको सातौं ओभरको पहिलो बलमा बासिल हामीले प्वाइन्टमा आसिफको क्याच छोड्न पुगेका थिए ।

तीव्र गतिका बलर हजरत बिलालले दशौं ओभरको अन्तिम बलमा अर्जुन साउदलाई ९ रनमा विकेटकिपर वृत्य अरविन्दबाट क्याच गराए । एज लागेर आउट हुनुअघि अर्जुनले ३३ बल खेल्दै १ चौका प्रहार गरे ।

आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि ७० रनको साझेदारी गरि सकेका छन् । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । एक समय ३१.१ ओभरमा ९३-९ को अवस्थामा पुगेपनि दशौं विकेटका लागि आयन र हजरतले पुरै ओभर खेल्दै अविश्वसनीय पूनरागमन गराए ।

आयन खान ६३ बलमा ७ चौका र १ छक्कासहित ५४ रनमा अविजित रहे । नवौं विकेट जादा आयन एक रनमा क्रिजमा थिए । उनले आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो अर्धशतक हाने । बिलाल ५४ बलमा १ छक्कासहित २० रनमा अविजित रहे ।

December 26, 2024

अस्ट्रेलियाको राम्रो सुरुवात

एजेन्सी – बोर्डर गावास्कर ट्रफी अन्तर्गतको चौथो टेस्टमा घरेलु टोली अस्ट्रेलियाले राम्रो सुरुवात गरेको छ । अस्ट्रेलियाको मेलवर्न क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङ सुरुवात गरेको अस्ट्रेलियाले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ११ रन जोडेको छ । अस्ट्रेलियाका स्टिभ स्मिथ ६८ रनमा नट आउट रहँदा कप्तान प्याट कमिन्स ८ रनमा […]

December 24, 2024

लगनशील ललितले टोलीलाई च्याम्पियन बनाउँदा गुमेको कार!

सुबास हुमागाईं, काठमाडौं यो तथ्यांक सरसर्ती हेर्दा कुनै तीव्र गतिको बलरको तथ्यांक जस्तो लाग्ला, तर बायाँ हाते स्पिनर ललित नारायण राजवंशीले नेपाल प्रिमियर लिगका दौरान जनकपुर बोल्ट्सबाट खेल्दा गरेको प्रदर्शन हो यो । जनकपुरले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा ५ विकेटले हराउँदै उपाधि जित्दा बलिङमा ललितको प्रदर्शन गजबको थियो । फाइनलमा टस जितेर ब्याटिङ रोजेको सुदूरले २ […]

December 24, 2024

कुशलले आइएल टि ट्वान्टी खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली अलराउण्डर कुशल मल्ल युएईमा आयोजना हुने आइएल टि ट्वान्टी लिग खेल्ने भएका छन् । नेपाली अलराउण्डर कुशललाई अनुबन्ध गरेको आइएल टि ट्वान्टीको टोली डेजर्ट भाइपर्सले सामाजिक सञ्जालमार्फत जनाएको छ । क्लबका अनुसार कुशलले घाइते भएका नेदरल्याण्ड्सका अलराउण्डर बास डि लिडेको स्थान लिने छन् । नेपालका अर्का अलराउण्डर दीपेन्द्रसिंह ऐरीलाई भने गल्फ […]

Success

Thank you for your time.