default_image

2 years ago

November 18, 2022

करण नेपालको बेन्चमा

193 views

0 Bookmark

काठमाडौं (हाम्रोा खेलकुद) – नेपालले तीव्र गतिका बलर करण केसीलाई युएईसँग तेस्रो तथा निर्णायक खेलमा बेन्चमा राखेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । सिक्का रोहितले फालेका थिए । टस पनि रोहितले नै जिते ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । करण केसीलाई बेन्चमा राख्दा हरिशंकर शाहलाई मौका दिएको छ । करण पहिलो खेलमा विकेट विहीन बन्दै ५९ रन खर्चेका थिए । दोस्रो खेलमा एक विकेट लिँदा ३६ रन खर्चेर १ विकेट लिएका थिए ।

नेपालले पहिलो खेलमा बायाँ हाते स्पिन अलराउन्डर हरिशंकर शाहलाई डेब्यू दिएको थियो । उक्त खेलमा हरिशंकर ८ रनमा आउट भएका थिए । उक्त खेलमा हरिले ५ ओभर बलिङ गर्दा २६ रन खर्चेको थियो ।

तीन खेलको सिरिज १–१ को बराबरी अवस्थामा छ । नेपाल पहिलो खेलमा ८४ रनले पराजित हुँदा दोस्रो खेलमा ३ विकेटले विजयी भएको थियो । दुबै खेलमा नेपालको ब्याटिङ अपेक्षा अनुसार राम्रो हुन सकेको छैन ।

नेपाल अन्तिम खेलमा सानदार ब्याटिङका साथ सिरिज उपाधि जित्न चाहन्छ । दोस्रो खेलमा १ सय ९२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपालले १०६–६ अवस्थाबाट पूरा गरेको थियो ।

उक्त खेलमा आरिफ शेखले ३३ र गुलशन झाले ३७ रन बनाउँदै नेपालको हार टारेका थिए । नेपालका शीर्षक्रमका ब्याटरले उत्कृष्ट सुरुवात र जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल (कप्तान), आरिफ शेख, हरिशंकर शाह, सोमपाल कामी, गुलशन झा र ललित राजवंशी ।

December 19, 2024

फाइनल प्रवेशका लागि जनकपुरले पायो सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा स्थान बनाउँन जनकपुर बोल्ट्सले कर्णाली याक्सबाट सामान्य लक्ष्य पाएको छ । जारी दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीबाट १ सय १९ रनको लक्ष्य पाएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल […]

December 19, 2024

नेपाल र श्रीलंकाबीचको खेल नतिजा विहीन

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण नतिजा विहीन भएको छ । नेपाल र श्रीलंकाबीचको खेल बिहीवार वर्षाका कारण नतिजा विहीन भएको हो । यसका साथै दुवै टोलीले १-१ अंक बाडेका छन् । नेपालले समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको […]

December 19, 2024

नेपाल र श्रीलंकाबीचको खेलमा वर्षा बाधक

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण रोकिएको छ । समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको थियाे । नेपालले सुपर फोरको पहिलो खेलमा श्रीलंकाको यु १९ टोलीसँग पहिलो खेल खेलिरहेको थियो । टस जितेर बलिङ गरिरहेको नेपालले पहिलो ओभरको समाप्तीमा […]

Success

Thank you for your time.